धनकुटामा पिकअप दुर्घटना ! ३ जना घाईते, २ जनालाई उपचारका लागि धरान पठाइयो
धनकुटा, २२ बैशाख । आज दिउँसो करिब २ बजे धनकुटा नगरपालिका ६ मा तरकारी बोक्ने पिकअप दुर्घटना हुदाँ ३ जना घाईते भएका छन् ।
सिंधुवा बाट तरकारी लिएर काठमाडौँ जादै गरेको पिकअप दुर्घटना हुदाँ पिकअपमा सवार धनकुटाको छथर जोरपाटी गाउँपालिकाका ६ का गोविन्द घिमिरे, नहरा गाउँपालिका सिराहाका अरबिन्द कुमार महतो र सप्तरीको कञ्चनरुप नगरपालिकाका जयप्रकाश गुप्ता रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
घाइते मध्ये घिमिरेको अवस्था गम्भिर रहेको छ ।


