धनकुटाको हिलेमा यसरी मनाइयो बुद्द जयन्ती

धनकुटा । २५६७ औं वुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाईएको छ । यो अवसरमा धनकुटाको हिले वजार लगायत विभिन्न स्थानमा विविध कार्यक्रम गरिएको छ ।

हिलेमा थुप्तेन देक्षेन छ्योलिङ्ग गुम्वा र हिमाली वौद्ध पाठशाला हिलेको आयोजना र नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाको सह–आयोजनमा सम्पन्न कार्यक्रममा गुम्वाका प्रमुख लामा गुरु फूर्वा छिरिङ लामाले मलमपाठ गरी ९वाङ्ग० आशिर्वाद र अमृतमय वुद्धवचन भक्तजनहरुलाई प्रदान गर्नुभयो । गुम्वामा १ हजार ८ शान्तिदीप प्रज्वलन गरिएको थियो भने हिले वजारमा वृहत शान्ति ¥याली प्रर्दशन थियो । थुप्तने देक्षेन छ्योलिङ गुम्वाबाट शुरु भएको र्याली हिले वजारको न्यूरोड, सिरान वजार, विच वजार, तोङ्गवा चोक परिक्रमा गरेर पुनः गुम्वामा पुगेर समापन भएको थियो ।

सो अवसरमा प्रमुख लामागुरु फूर्वा छिसिङ लामाको अगुवाईमा ८ जना लामा गुरुहरुले हिले वजारमा रहेको थुप्तेन देक्षेन छ्योलिङ्ग गुम्वा र वौद्ध तेन्गे गुम्वामा मलमपाठ, पुजापाठ गरि शान्तिद्धिप समेत प्रज्वलन गरेर शान्तिको कामना गरिएको थियो । सो अवसरमा थुप्तेन देक्षेन छयोलिङ्ग गुम्वामा आयोजित शान्ति प्रवचन कार्यकममा पुर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र कुमार राई, जिल्ला समन्वय प्रमुख निरेन तामाङ, वडा नं १ वडाध्यक्ष ओङ्गदा थिङ तामाङ, नेपाल तामाङ्ग घेदुङ संघिय सदस्य विष्णु मोक्तान तामाङ, पुर्व केन्द्रिय सदस्य लालचन्द्र गोङ्गवा तामाङ्ग, घेदुङका जिल्ला समन्वय समितिका अध्यक्ष पेमा लामा, घेदुङका निवर्तमान अध्यक्ष सिताराम थिङ तामाङ, निवर्तमान सचिव सन्तवीर मोक्तान तामाङ, घेदुङका जिल्ला सचिव फुर्वा घिसिङ, ताम्वा संघ धनकुटाका अध्यक्ष हरिलाल मोक्तान, जिल्ला सदस्य दिल वहादुर घिसिङ, गंगावहादुर तामाङ, नेपाल यातयात मजदुर संगठन धनकुटाका अध्यक्ष कमल तामाङ लगायतले गौतम वुद्धको शान्ति उपदेश जो कसैले पालना गर्न सके देशको चौतर्फी विकास हुने विचार व्यक्त गरेका थिए । सो अवसरमा हिले वजारमा निकालिएको शान्ती ¥यालीमा तामाङ घेदुङ नगर समिति धनकुटा, ताम्वा संघ नेपाल, नेपाल शेर्पा संघ, नगर समिति धनकुटा, लगायतले छुट्टाछुट्टै मौलिक साँस्कृतिक ¥यालीमा झाँकी प्रश्तुत् गरेका थिए ।

हिलेमा रहेका विभिन्न विद्यालयका विद्यार्थि एवं शिक्षकहरु शान्ती ¥यालीमा उल्लेख्य सहभागिता रहेको थियो । दिप प्रज्वलन गर्नु पुर्व हिले वजारमा हजारौंको संख्यामा भेला भएका वौद्धमार्गीहरुले वौद्ध धर्म दर्शनका वेदका हजारौं ठेली काँधमा वोकेर लामागुरुहरुले मलम पाठ गर्दै हिले वजारको विभिन्न भागको परिक्रमा गरिएको थियो । साथमा नेपालको झण्डा, विश्व वौद्ध संघको झण्डा सहित शान्तिको कामना गरिएको शन्देशमुलक प्लेकार्डहरु र शान्तिको कमना गर्दै शान्ति प्रिय नाराहरु लगाउँदै लाम्वद्ध भएर सहभागीहरु शान्ति ¥यालीमा सहभागी भएका थिए ।

त्यसैगरी पाख्रीवास नगरपालिका वडा नं।९ को उत्तरपानी धर्मशालामा रहेको साङ्गे लुईच्यान थाम्जे छ्योलिङ्ग गुम्वा, सिधुवा वजारमा रहेको फुर्चिलिङ्ग गुम्वा, साँगुरीगढी गाउँपालिका वडा नं।१ दानावारी तामाङ टोल र साल्वोटेमा रहेको ह्यारगेन छिरिङ्ग छोप्पा गुम्वा, पाख्रीवास नगरपालिका वडा नं।५ घोर्लिखर्कमा रहेको वौद्ध गुम्वा डिकुरे डाँडा र पाख्रीवास वजारमा रहेको तमु वौद्ध गुम्वामा पनि १ हजार ८ शान्तिद्धिप प्रज्वलन गरि वौद्धमार्गीहरुले भगवान वुद्धको जन्म दिनको अवसर पारेर शान्तिको कामना गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।