वुद्ध जयन्तीको अवसरमा मगर समूदायद्वारा हिलेमा विभिन्न कार्यक्रमको आयोजना
धनकुटा । वुद्ध जयन्तीको अवसर पारी धनकुटा १ हिलेमा मगर समूदायले विभिन्न कार्यक्रम गरेका छन् ।
नेपाल मगर संघ र नेपाल वौद्ध सेवा समाज धनकुटाको संयुक्त आयोजनामा रर्याली प्रर्दशन, कोण सभा तथा वापा मापा प्रशिक्षण कार्यक्रमको समापन गर्दै यो समुदायले यहाँ बुद्ध जयन्ति मनाएका हुन् ।
न्यूरोडदेखी शूरु भएको रर्यालीले बजारको विभिन्न भागको परिक्रमा गर्दै वुद्ध चोकमा पुगी कोण सभामा परिणत भएको थियो । सभामा १० जना वापा (मगर पुरोहित)लाई प्रशंसा पत्रले सम्मान गरिएको थियो भने ४१ जना मापा/ वापालाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
सभामा प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रिय उपाध्यक्ष गणेश पिठाकोटे रहनु भएको थियो भने सभापतित्व नेपाल मगर संघ धनकुटाका अध्यक्ष तोर्ण खपाङ्गी मगरले गर्नु भएको थियो ।
प्रशंसा पत्र र प्रमाण पत्र वितरण केन्द्रिय प्रशिक्षक प्रमुख पूर्णवहादुर तारामी मगर र सिमा मगरले गरेका थिए ।




