आफु संधै जनतालाई शिरमा राखेर काम गर्ने :पूर्वमन्त्री तथा संघिय सांसद राई

धनकुटा । पूर्वमन्त्री तथा संघिय सांसद राजेन्द्रकुमार राईले जनतालाई शिरमा राखेर काम गर्ने बताउनु भएको छ ।

किराती समुदायको उभौली पर्व (वैशाख पूर्णीमा)को अवसरमा शुक्रबार पाख्रीवास नगरपालिका वडा नं १० दाङसिङमा गाउराहाङ राईहरुले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले त्यस्तो बताउनुभएको हो । कार्यक्रमको अवसरमा उहाँले साकेला पूजा तथा सुम्निमा पारुहाङ खिम को अवलोकन समेत गर्नुभएको छ ।

कार्यक्रममा नोपाली कांग्रेसका महासमिति सदस्य आनन्द सन्तोषी राईले उभौलि पर्व तथा आफ्नो ७५औ जन्मजयन्तिको उपलक्षमा पूर्वमन्त्री राईलाई हस्तलिखित सम्मान पत्रले सम्मान गर्नुभएको छ । राजनीतिक यात्रामा तुलनात्मक हिसावले पूर्वमन्त्री राईले छिटो प्रगती गरेको र सधै जनताको प्रिय हुने गरि काम गर्न हौसला मिलोस् भन्ने कामना गर्दै सम्मान गरिएको हो ।

त्यस्तैगरि नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति एवं पूर्व आमन्त्रीत केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठलाई पनि सम्मान गरिएको छ । यही अवसरमा पुनाहाङ सन्तती समाजको पारिवारिक पुस्तिका (ढुकुरसिं) को लोकार्पण पनि गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।