कोशी प्रदेश नामांकनको विरोधमा धनकुटामा सांस्कृतिक विरोध प्रर्दशन

धनकुटा । कोशी प्रदेश नामांकनको विरोधमा पहिचानवादीहरुले धनकुटामा सांस्कृतिक विरोध प्रर्दशन गरेका छन् । बैशाख पूर्णीमा उभौली पर्वको अवसर पारि शुक्रबार धनकुटा सदरमुकाममा उनिहरुले कोशी नाम खारेजीको माग गर्दै साँस्कृतीक विरोध प्रदर्शन गरेका हुन् ।

आठपहरिया समाज धनकुटाका अध्यक्ष सरकुमारी आठपहरियाको अध्यक्षतामा भएको कार्यक्रममा पहिचानवादीहरुले प्रदेशको नाम कोशी राखिएकोमा सो नाम खारेज गरी वहुपहिचानको आधारमा नाम राख्न माग गरेका छन् ।

कार्यक्रमलाई नेपाल आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद धनकुटाका अध्यक्ष तथा संघर्ष समितिका संयोजक सञ्जय सन्तोषी राई,माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य भरतसिंह राई,जनता समाजवादी पार्टीका जिल्ला कार्यवाहक अध्यक्ष पार्वती राई,किरात राई यायोख्खाका जिल्ला सह-सचिव अनिश पुमा राई, (फोनिज) प्रदेश अध्यक्ष सन्तवीर लामा,किरात राई विद्यार्थी संघ पूर्व केन्द्रिय सदस्य निशान राई लगायतले सम्बोधन गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।