किरात राई यायोक्खा सहिदभूमी गाउँपालिकाको प्रथम अधिवेशनद्वारा भिमलाल राईको अध्यक्षतामा १९ सदस्य कार्यसमिति चयन
धनकुटा । किरात राई यायोक्खा सहिदभूमी गाउँपालिकाको प्रथम अधिवेशनले भिमलाल राईको अध्यक्षतामा १९ सदस्य कार्यसमिति चयन गरेको छ ।
तदर्थ समितीका संयोजक भीमलाल राईको सभापतित्व तथा किरात राई यायोक्खा जिल्ला कार्यसमिती धनकुटाका सह सचिव अनिष पुमा राईको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले सर्वसम्मत रुपमा राईको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा निशान किराँती र नमूना राई, सचिवमा विश्व खुङ्छा राई, सह-सचिवमा भुमीराज राई र प्रजेस राई, कोषध्यक्षमा पल्टन राई र सह-कोषाध्यक्षमा रत्न कुमारी राई रहेका छन् ।


