हिलेमा रहेको बक्रकुण्ड पञ्चेश्वर महादेवको मन्दिर परिसरमा नेपाली सेनाद्धारा प्रवेशद्धार निर्माण
धनकुटा,२५ बैशाख । धनकुटा नगरपालिका १ हिलेमा रहेको बक्रकुण्ड पञ्चेश्वर महादेवको मन्दिर परिसरमा नेपाली सेनाद्वारा प्रवेशद्धार निर्माण गरेको छ । पुर्विपृतना हेड क्वाटर इटहरी तथा श्री नम्बर दुइ बाहिनी अड्डा हिलेको बिषेश पहलमा नेपाली सेनाको शिघ्र प्रभावी योजना अन्तरगत प्रवेशद्धार निर्माण गरिएको हो ।
आ.व २०७९-०८० मा विनियोजित बजेटबाट श्री भिमदल गणले मन्दिर परिसरमा पुरातात्विक शैलिमा भक्तपुरवाट कालीगढ झिकाएर निर्माण गरेको भिमदल गढका गढपति प्रमुख सेनानी सुमन थापाले जानकारी दिनुभयो । मन्दिर परिसरमा पुरातात्विक शैलिमा गरिएको गेटको आज एक कार्यक्रमको बिच पुर्वि पृतना हेड क्वाटरका पृतनापति उपरथी आश बहादुर तामाङ्ग पिएच.डी ले उद्घाटन गर्नु भयो ।
उद्घाटन गर्दै उहाले प्रवेशद्धारले मन्दिरको गरिमा र महत्व बढाउने बताउनु भयो । हिलेमा जस्तै कोशी प्रदेशका ६ जिल्लामा सेनाले यस प्रकारको काम गरिरहेको समेत उहाले बताउनु भयो । यो गेट गत कार्तिकमा निर्माण सुरु गरि चैत्र महिनामा निर्माण सम्पन्न गरिएको थियो । गेट निर्माण सम्पन्न गर्न स्थानिय तथा ,विभिन्न संघ सस्था र व्यक्तिहरुले समेत सहयोग गरेको बक्रकुण्ड पञ्चेश्वर महादेवको मन्दिरका अध्यक्ष लालचन्द्र तामाङले जानकारी दिनुभयो ।
कार्यक्रममा धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्ग, श्री नम्बर दुइ बाहिनी अड्डा हिलेका बाहिनीपती सहायक रथी महेश कुमार थापा , धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम , बिभिन्न सुरक्षा निकायका प्रमुख सञ्चारकर्मी तथा स्थानियको सहभागिता रहेको थियो ।




