सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु, मेयर चिन्तन तामाङले उद्घाटन गर्ने

धनकुटा, २७ बैशाख । धनकुटामा आजबाट सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । टुँडिखेलमा दिउँसो २ बजे प्रतियोगिता उद्घाटन गरिदैछ ।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । प्रतियोगिता उद्घाटन समारोह पश्चात दिउँसो ३ बजेबाट खेल सुरु हुने प्रचारप्रसार समिति संयोजक विदुर खवासले जानकारी दिए ।

उद्घाटन खेलमा आयोजक टिम धनकुटा र पेमा युवा क्लव विराटनगरबीच खेल हुदैछ । सहिद भिमनारायण स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिता जेठ २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उपाधिका लागि आठ टिम भिड्दैछन् ।

भारतको सिलगुडीस्थित कञ्चनजंगा फुटवल क्लव, प्लानिङ ब्वाईज क्लब काठमाण्डौ, राष्ट्रिय जागृती फुटवल क्लव सुनसरी, झापा फुटवल क्लव, एपीएफ काठमाण्डौ र विरगञ्ज युनार्यटेड पनि प्रतियोगितामा सहभागि छन् ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउँने आयोजकले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।