धनकुटाका बामपन्थी नेता खतिवडा नेपाल समाजवादी पार्टीमा प्रवेश
धनकुटा,२७ बैशाख । विभिन्न समयको वामपन्थी आन्दोलनमा सक्रिय रहदै आएका वामपन्थी नेता पुन्य प्रसाद खतिवडा डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
नेपालका विभिन्न कम्यूनिष्ट पाटी रहेर काम गरेका नेता खतिवडा कुनै समय वामपन्थी नेताका रुपमा चर्चित रहे पनि पछिल्लो समय भने पाटी परिवर्तनमा मात्र सकृय रहेको खतिवडा लाई आरोप समेत लाग्ने गरेको छ ।
खतिवडालाई पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई लगायत समाजवादी पाटीका नेताहरुले पाटी प्रवेश गराएको तस्बिर नेपाल समाजवादी पाटीका अध्यक्ष डा बाबुराम भट्टराईले आफ्नो आधिकारीक फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।



