सिंधुवामा ५५ जनाले गरे रक्तदान

धनकुटा,२७ बैशाख । विश्व रेडक्रस दिवसको अवसरमा पारेर नेपाल रेडक्रस सोसाइटी सिंधुवा उपशाखा धनकुटाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी सिंधुवा उपशाखाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुनसरी धरानको प्राविधीक सहयोगमा छथर जोरपाटी गाउँपालिका वडा न ६ मा आयोजना गरिएको रक्तदान कार्यक्रमा ५५ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी सिंधुवा उपशाखाका उपसभापती सुन्दरमान डंगोलले जानकारी दिनु भयो ।

छथर जोरपाटी गाउँपालिका वडा नम्बर ६ , निगाले सिमेन्ट प्रालि सिधुवा, नविल बैंक सिधुवा, शुलभ बचत तथा ऋण सहकारी संस्था सिधुवा, सदिप्त इङ्लिस बोर्ङिङ स्कुल सिंधुवा, होटल एसोसियसन सिंधुवा, प्राइम कमर्सिलय बैंक सिंधुवा, परोपकार यूवा समाज छथर जोरपाटी , सप्तकोशी डेभलमेन्ट बैंक सिंधुवा सिंधुवा बजार व्यावस्थापन समिती, बहुउद्धेश्य सहकारी संस्था लिमिटेड सिंधुवा, सिंधुवा कृषि भण्डार लगायतका संघ संस्थाको सहयोग रहेको डंगोलले जानकारी दिनु भयो ।

कार्यक्रममा छथर जोरपाटी गाउँपालिका ६ का वडा अध्यक्ष दिपक गुरुङ्ग लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको अध्यक्षता रेडक्रस सोसाइटी सिंधुवा उपशाखाका सभापती नीलबहादुर थापाले गर्नु भएको थियो । भने कार्यक्रमको प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी कोशी प्रदेश सभापती नरेन्द्र पोखरेल रहनु भएको थियो । कार्यक्रममा स्वागतमन्व्य रेडक्रस सोसाइटी सिंधुवा उपशाखा सचिव महेन्द्र थापाले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।