धनकुटाको मुलघाट देखि सुनसरीको चतारा सम्म यसरी र्याफ्टिङ सरर(भिडियो)
धनकुटा । हिउंद लागे संगै सुरु भएको पानी भित्रको साहसिक खेलको रुपमा परिचित र्याफ्टिङको सिजन अहिले पनि चलिरहेको छ ।
धनकुटाको मुलघाट देखि सुनसरीको चतारा सम्मको यो साहसिक यात्राका लागि बर्षेनी सयौले मनोरन्जन लिने गरेका छन् । बर्षेनी यो प्रतिको आकर्षण बढ्दो रहेको ब्यसायीको भनाइ छ ।
नेपालकै तेस्रो उत्कृष्ट र्याफ्टिङ गन्तव्य मानिएको तमोर नदिमा मंसिरदेखि जेष्ठ महिनासम्म नियमित रुपमा र्याफ्टिङ हुने गर्छ । करिव ३४ किलोमिटरको यो यात्रा नेपालकै छोटो र रमाईलो हुने गरेको छ ।
माईनस ४ डिग्री सम्मको ‘¥यापिट’ भएकोले मस्र्याङ्दी नदी र भोटेकोशीपछि तमोर नदिलाई र्याफ्टिङका लागि उत्कृष्ट गन्तव्यको रुपमा रहेको सेतु एड्भेन्चर प्रा.लि.का सञ्चालक सेतु सिलवाल बताउनु हुन्छ ।
पानीमा खेल्न पाइने नदिका बिभिन्न रुप देख्न पाइने, जल यात्राको अनुभब गर्न पाइने लगायतका कारण पर्यटकमा उत्साह थपिने गरेको र्याफ्टिङ्ग गर्न आउने पर्यटकहरुको अनुभब छ । त्यसैले त एक पटक र्याफ्टिङ्ग गरीसके पछि पुन दोहोर्याएर र्याफ्टिङ्ग गर्न आउने गरेको धरान १६ का पर्शुराम मगर बताउनु हुन्छ ।
तमोरमा मुलघाट देखि चतारा सम्म दुइ प्याकेजमा याफ्टिङ हुने गरेको छ । प्रति ब्याक्ति २५ सय रुपैया तिरेर एक दिनको तथा ५ हजार तिरेर एक रात सहित दुइ दिनको याफ्टिङ सञ्चाालन हुदै आएको छ । धरान तथा इटहरीका ४ कम्पनीले अहिले तमोरमा याफ्टिङ गराउदै आएका छन् ।


