राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई दिइएको १० दिने आधारभूत तालिम सम्पन्न

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा बैशाख १८ गते बाट सुरु भएको राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु लाई आधारभूत तालिम कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।

स्वास्थ्य कार्यालय धनकुटा र छथर जोरपाटी गाउँपालिकाकाको आयोजनामा गाउँपालिका भित्रका आधारभूत तालिम नलिएका २३ जना सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु लाई दिएको १० दिने आधारभूत तालिम बिहिबार सम्पन्न भएको छथर जोरपाटी गाउँपालिका स्वाथ्य शाखा प्रमुख सुन्दरमान डंगोलले जानकारी दिनु भयो ।

तालिममा सीप तथा ज्ञान अभिवृद्धि गरी समुदायमा सामान्य रोगको उपचार तथा परामर्श, खोप, परिवार नियोजन, पोषण र सुरक्षित मातृत्व स्वाथ्य जनचेतना जस्ता महत्त्वपूर्ण बिषयहरु तालिममा प्रदान गरिएको डंगोलले जानकारी दिनु भयो ।तालिम पछि सहभागिहरु लाई कार्यक्रमका प्रमुख अतिथी छथर जोरपाटी गाउँपालिकाकी उपाध्यक्ष गिता गुरुङ्ग खेवा बिशेष अतिथी छथर जोरपाटी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जितमान जीमि लगायतले प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

कार्यक्रमको अध्यक्षता स्वास्थ्य कार्यालय धनकुटाका निमित प्रमुख गोकुल भण्डारीले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।