सहिदभुमिका किसानलाई बेमौषमी तरकारी खेतीबाट आत्मनिर्भर बनाउन तालिम

धनकुटा । धनकुटाको सहिदभुमि गाउँपालिका वडा नं ७ का किसानलाई बेमौषमी तरकारी खेतीबाट आत्मनिर्भर बनाउन तालिम दिईएको छ । वडाका ४० जना किसानलाई तालिम दिईएको हो ।

पराम्परागत खेती प्रणाली भन्दा व्यवसायिक तरकारी खेती तर्फ किसानलाई आकर्षित गर्न गाउँपालिकाको गरिबी निवारणका लागि लघु उद्यम विकास (मेड्पा) कार्यक्रम मार्फत तालिम दिईएको कार्यक्रमका सहजकर्ता खुमा राईले बताउनुभयो ।

गाउँपालिकाको कृषि अधिकृत रेसब राज यादव र कृषि साखका खिर प्रसाद राई र तालिम सहजकर्ता उमा राईले ७ दिन सम्म सञ्चालन भएको तालिममा बेमौसमी तरकारी खेती सम्बन्धि विषयमा प्रशिक्षण दिईएको पालिकाले जनाएको छ ।

तालिमको गाउँपालिका अध्यक्ष मनोज राईको प्रमुख आतिथ्यमा एक कार्यक्रमका बिच आज समापन गरिएको छ । तालिम समापन कार्यक्रममा बोल्नु हुदै अध्यक्ष राईले कृषकलाई आधुनिक र व्यवसायिक खेती प्रणाली तर्फ आकर्षित गरेर समृद्ध पालिका बनाउनका लागि बेमौसमी तरकारी खेती सम्बन्धि तालिम सञ्चालन गरिएको बताउनुभयो ।

तालिम समापन कार्यक्रम वडा सदस्य लिलाराम राईको अध्यक्षतामा सम्पन्न भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।