धनकुटामा १७ बोरा गाँजा बरामद

धनकुटा,२९ बैशाख । धनकुटा प्रहरीले शुक्रबार मुलघाटबाट १७ बोरा गाँजा बरामद गरेको छ ।

को १ ख ३३६७ नम्वरको मिनिट्रकमा लैजाँदै गरेको करिब पाँचसय किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी निरिक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिनु भयो । चेक जाँचका लागि रोक्न खोज्दा गुडिरहेको गाडी छाडेर चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

भाग्दै गरेका ट्रक चालकलाई समाउँन खोज्दा मुलघाट चौकिमा कार्यरत प्रहरी सहायक हवल्दार शेरबहादुर तामाङ्ग घाइते भएका छन् । गाँजा ओसारपसराका लागि प्रयोग भएको मिनि ट्रक जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । फरार भएका चालकको खोजी कार्य र अन्य अनुसन्धान भई रहेको प्रहरीको भनाई छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।