जिल्ला समन्वय समिति धनकुटाको ५औं जिल्ला सभा सम्पन्न

धनकुटा । आर्थिक वर्ष २०८०-८१ को लागि नीति तथा कार्यक्रम पारित गर्दै जिल्ला समन्वय समिति धनकुटाको ५औं जिल्ला सभा सम्पन्न भएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख निरन तामाङको अध्यक्षतामा एवं कोशी प्रदेशका प्रदेश संसद इन्द्रमणी पराजुलीको प्रमुख आतिथ्यमा शुक्रबार सभा सम्पन्न भएको हो । समन्वय सभाहलमा भएको सभाको प्रमुख अतिथि संसद पराजुलीले पानसमा बत्तिबालेर उद्घाटन गर्नु भएको थियो ।

सभामा समन्वय प्रमुख तामाङले आर्थिक वर्ष २०७९ ÷०८० मा सञ्चालित कार्यक्रम तथा योजनाको विषयमा र आगामि आर्थिक वर्ष २०८०÷८१ को प्रमुख नीति,कार्यक्रम तथा प्राथमिकता प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत आर्थिक वर्ष २०८०÷८१ को नीति,कार्यक्रम तथा प्राथमिकताको विषयमा वृहत छलफल गर्दै सभाले जिल्ला समन्वय समितिको आगामी नीति, कार्यक्रमहरु पारित गरेको छ ।

सभामा प्रस्तुत नीति तथा कार्यक्रम माथी सहिदभुमि गाँउपालिका अध्यक्ष मनोज राई , सागुरीगढी गााउपालिका अधयक्ष जितेन्द्र रुम्दाली राई , प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम , चौबिसे गाउपालिका उपाध्यक्ष टंक माया पाङमी मगर , धनकुटा नगरपालिकाको उपप्रमुख भिमा खनाल लगायतले सल्हा सुझब सहित आफ्ना धारणा राख्नु भएकोथियो ।

सभाको स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्यको विषयमा समन्वय उपप्रमुख साबित्रा राईले प्रकाश पार्नु भएको थियो । सोहि अवसरमा जिल्ला समन्वय समितिको गत चैत ६र ७ गते समपन्न समिक्षा कार्यक्रमको प्रगति प्रतिवेदन समन्वय प्रमुख तामाङले प्रदेश संसद इन्द्रमणी पराजुली र प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई हस्तान्तरण गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।