गुरांसको राजधानीमा यो साल न गुराँस न पर्यटक(भिडियो सहित)
धनकुटा । तिनजुरे-मिल्के-जलजले क्षेत्रलाइ गुरांसको राजधानीका रुपमा लिइने गरिन्छ । यो सिजनमा गुरास हेर्न हजारौ पर्यटक सो क्षेत्र पुग्ने गरेका छन् । तर यो बर्ष गुरास कम फुल्दा पर्यटक पनि निक्कै कम मात्र पुगेका छन् ।
अघिल्ला बर्षहरुमा तिनजुरे मिल्के जलजले क्षेत्र यतिबेला गुराँसले ढाकेर ढकमक्क हुन्थ्यो । जता हेरे पनि रातै देखिन्थ्यो, पर्यटकको ताँती लाग्ने गर्दथ्यो । तर यो बर्ष न गुराँस छ न पर्यटकनै । अघिल्ला बर्षहरुमा भन्दा यो बर्ष क्षेत्रमा गुराँस निक्कै कम फुलेको छ । यो क्षेत्र तेह्थुम संखुवासभा र ताप्लेजुङ्ग जिल्लाको सिमानामा पर्दछ ।
यो क्षेत्रमा मात्र नेपालमा पाइने ३३ प्रजातीको गुरास मध्ये २८ प्रजातीको गुरास पाउने गरिएको छ । तर पछिल्लो समय बिभिन्न कारणको गुराँस कम फुल्न थालेको छ ।
पछिल्लो समय फुल कम फुल्नुमा जलबायु परिबर्तनको असरको कारण पानी तथा हिउ नपर्नु जंगलनै मासिनु, हाँगा भाचीनु आदी समस्याको रुपमा रहेको स्थानियको भनाई छ । त्यस्तै एक बर्ष फुलेको बाट अर्को बर्र्ष फुल्ने न्युन सम्भाबना हुने भएकाले पनि कम फुलेको स्थानियको बुझाइ छ ।
गुराँस कम फुलेकै कारण यो बर्ष पर्यटकको संख्यामा कमी आएको छ । अघिल्ला बर्षहरुमा यो सिजनमा ५० हजार भन्दा बढी आन्तरीक तथा बाह्य पर्यटक आउने गरेको तथ्याङ्क छ । तर यो बर्ष करीब ५० प्रतिसत पनि पर्यटक नआएको स्थानियको अनुमान छ । अघिल्ला बर्षहरुमा यो क्षेत्रको प्राय एक पटक गुराँस फुल्ने गर्दथ्यो । तर यो बर्ष भने कुनै अघि कुनै पछि हुदै फुलेको स्थानिय बताउछन् ।
त्यसो त यो पटक घुम्न आएका पर्यटकको पनि मन त्यति खुशी छैन । अघिल्ला बर्षहरुमा फोटोमा जंगलै पुरै रातै देखिने गरेकाले घुम्न आएको तर यो बर्ष त्यसरी नफुलेको कारण सोचे जस्तो नभएको घुम्न आउने पर्यटकको भनाई छ ।


