माझी समुदायको उत्थान तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
धनकुटा । नेपाल आदिवासी जनजाति धनकुटा नगर समन्वय परिषदको आयोजनामा माझी समुदायको उत्थान तथा क्षमता अभिवृद्धी कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम धनकुटा नगरपालिका वडा नं ९ का वडा अध्यक्ष टंक रोइलाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । प्रमुख अतिथि वडा अध्यक्ष रोईलाले कार्यक्रममा बोल्नु हुदै माझी समुदायको जीवन स्तर उकास्न सचेतना मुलक तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्न आवाश्यक रहेको बताउनुभयो । साथै वडाको तर्फबाट माझी बस्तीलाई गर्नसक्ने काम गर्न आफू तयार रहेको प्रतिवद्वता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा ६९ जना माझीहरुको सहभागीता थियोे । कार्यक्रममा फोनिज केन्द्रीय सदस्य तथा पत्रकार विदुर खवासले माझी समुदायको उत्थान, वृद्धि विकास ,माझी समुदायको अवस्था लगायत विषयमा प्रशिक्षण दिनु भएको थियोे । कार्यक्रम नगर समन्वय परिषदका अध्यक्ष दालामु सेर्पाको अध्यक्षतामा सञ्चालन भएको थियोे । कार्यक्रममा नगर समन्वय परिषद्का निवर्तमान अध्यक्ष रविन खड्गि लगायतको उपस्थिति थियोे ।


