राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी धनकुटाले बिरामीलाई फलफुल वितरण गर्दै मनायो आफ्नो ३४ औं स्थापना दिवस

धनकुटा । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी धनकुटाले सोमबार बिरामीलाई फलफुल वितरण गर्दै आफ्नो ३४ औं स्थापना दिवस मनाएको छ ।

युवा संघ नेपाल धनकुटाले ३४औं स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल धनकुटाका बिरामीलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको हो ।

जिल्ला अस्पताल धनकुटामा ईमर्जेन्सी , सुत्केरी र अन्य विभिन्न स्वास्थ समस्याका कारण उपचार गराईरहेका ४२ जना विरामीलाई फलफूल वितरण गरिएको युवा संघका जिल्ला अध्यक्ष प्रविन पोख्रेलले बताउनुभयो ।

फलफूल वितरण कार्यक्रमका प्रमुख अतिथि जिल्ला पार्टी अध्यक्ष एवम कोशि प्रदेश संसद ईन्द्रमणी पराजुलीले युवा संघले गरेको फलफुल वितरणलगायत रचनात्मक कार्यको प्रशंसा गर्नु भएको थियो ।

कार्यक्रममा युवा संघका केन्द्रीय सदस्य कला राई , पार्टीका प्रदेश कमिटी सदस्य बल्दिप राई , जिल्ला पार्टी उपसचिव शिव आङ्ला लगायत नेता कार्यकर्ताको उपस्थिति थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।