सहिदभूमिमा ७ दिने प्रारम्भिक बालविकास सहजकर्ताहरुको पेशागत क्षमता विकास सम्बन्धि तालिम सम्पन्न

धनकुटा । धनकुटाको सहिदभुमि गाउपालिकामा ७ दिने प्रारम्भिक बालविकास सहजकर्ताहरुको पेशागत क्षमता विकास सम्बन्धि तालिम सम्पन्न भएको छ ।

तालिममा बालविकास केन्द्रका सहजकर्ताहरुका लागि स्थानिय स्तरमा रहेका सामाग्रीहरुको उपयोग गरी कक्षा कोठाको सजावट ,आकर्षित कक्षा कोठा कसरी निमार्ण गर्ने ,बालविकास र बाल अधिकार ,बाल मनोविज्ञान ,सहजकर्ताका काम कर्तव्यका विषयमा तालिममा सहजिकरण गरिएको तालिमका सहजकर्ता कृष्ण खतिवडाले बताउनु भयो ।

बालवालिकाहरुको शारीरिक विकास ,सामाजिक विकास ,बौद्धिक विकास , संवेगात्मक विकास , भाषिक विकास ,साँस्कृतिक विकासका विषयमा पनि बालविकासका सहजकर्ताहरुलाई जनकारी गाराएको थियो । यस्तै गरी अभिभावकको सचेतना सम्बन्धि र गित ,खेल वा कथाहरुको माध्यम बाट बालवालिकालाई कसरी सिकाउने भन्ने विषयमा ७ दिने तालिमा बालविकासका सहजकर्ताहरुलाई सहजिकरण गरेका थिए ।

तालिमको गाउपालिका अध्यक्ष मनोज राईको प्रमुख आतिथ्यमा आइताबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । समापन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नविन कार्की ,तालिमका सहजकर्ता सृर्जना सत्याल लगायतको उपस्थिति थियो ।

तालिममा सहिदभुमि गाउपालिकाको २० जना बालविकास सहजकर्ताको सहभागिता थियो भने तालिम सहिदभुमि गाउपलिकाको आयोजना तथा दक्षिणा रिसर्च एण्ड सेन्टर इटहरीको प्राबिधिक सहयोगमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।