चौबिसेमा स्वर्गीय जनप्रतिनिधिको सम्झनामा उद्यान निर्माण

नारायण कुमार राई,धनकुटा । चौबिसे गाउँपालिकाले आफ्ना एक स्वर्गीय जनप्रतिनिधिको सम्झनामा स्मृति तथा उद्यान(फुलबारी)को निर्माण गरेको छ ।

गाउँपालिकाको वडा नं.२ बाट दोस्रो पटकका लागि बिजयी हुँदै गर्दा मतगणना सकिने क्रममा निधन भएका वडा सदस्य अटल सूर्जे मगरको सम्झनामा उद्यान निर्माण गरिएको हो ।

पालिकाले उनको बार्षिक तिथीको अबसर पारेर आईतबार एक समारोहको आयोजना गरेर निर्मित फुलबारी सहितको स्मृति उद्यानमा नेपाली भण्डा फहराएर सम्मान प्रकट गरेको छ ।

उद्यानको संबिधानसभा सदस्य टिकाराम चेम्जोङ्ग,गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङ्ग,पूर्व अध्यक्ष खजिन्द्र राई,निमिक्त प्रमुख प्रशासकीय अधिकृत सोभिस तुम्बाले संयुक्त रुपमा उत्घाटन गर्नुभएको थियो ।

पालिकाका अध्यक्ष चेम्जोङ्गको अध्यक्षतामा आयोजित समारोहमा स्वर्गीय मगरकी पत्नी खड्गमायाँ सूर्जे मगरले तस्वीरमा दीप प्रज्ज्वलन तथा माल्यार्पण गरेर कार्यक्रम प्रारम्भ गरिएको थियो ।

समारोहमा संबिधान सभा सदस्य चेम्जोङ्ग,पूर्व पालिका अध्यक्ष राई,पालिका उपाध्यक्ष टंकमायाँ पाङ्मी मगर तथा वडाका वर्तमान तथा पूर्व अध्यक्षहरुले मगरको योगदानको चर्चा गर्नुभएको थियो ।

२०७४ सालको स्थानिय तहको निर्वाचित भई दोस्रो कार्यकालका लागि समेत वडा सदस्यमा निर्वाचित भएको थिए ।

तर मत परिणाम गणनाका समयमा २०७९ साल जेठ १ गते मगरको निधन भएको थियो । २०२६ सालमा जन्मेका मगरको श्रीमती सहित एक छोरा र छोरी रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।