पाख्रीबासमा महिलाहरुका लागि एक दिने नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामा महिलाहरुका लागि एक दिने नि:शुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ ।
महिलाहरुमा देखापर्ने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पिसाव चुहिने समस्या तथा पाठेघर (आंग) खस्ने समस्याहरुको पहिचान गर्न उक्त शिविर संचालन गरिएको सुचनामा उल्लेख छ ।
नगरको आधारभूत अस्पतालमा बरिष्ठ विशेषज्ञहरुद्वारा सेवा दिने उक्त शिविर जेठ ३ गतेका दिन विहान १०:०० बजे देखि ४:०० बजे संचालन हुनेछ ।



