पाख्रीवासमा एक महिलाको अचानक निधन

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ८ मा एक जना महिलाको अचानक निधन भएको छ ।

मंगलवार दिउँसो बाख्रालाई चर्न जंगलतिर छाडेको केही समयपछि पानी पर्न थालेपछि बाख्रा खोज्न निस्कनुभएकी पाख्रीवास ८ जोखेडाँडाकी ५७ वर्ष की सावित्रा राईको निधन भएको हो ।

घरदेखी केही पर जंगलमा रहेको चौतारामा उहाँको श्रीमानले साँझपख मृत अवस्थामा उहाँलाई फेला पारेको वडा नं ८ का वडाध्यक्ष गजेन्द्र राईले बताउनुभयो । पानी पर्न थालेपछि बाख्र खोज्न निस्कनु भएकी सावित्रा साँझपख सम्म पनि घरमा नआएपछि उहाँको श्रीमान खाज्न जानु भएको वडाध्यक्ष राईले बताउनुभयो ।

राईको निधनको खास कारण भने खुलेको छैन । आफन्तका अनुसार उहाँ बाख्रा खोज्न निस्केको समयमा बसेको चौताराको एक खम्बा चट्याङले चिरेको पाईएको छ ।

यता पाख्रीवास आधारभुत अस्पतालका डा. अंकित शर्माले भने स्व. राईको शरिरमा त्यस्तो कुनै चोटपटक नदेखिएको बताउनुभएको छ । प्रहरीले पनि स्व. राईको शरिरमा कुनै चोट नदेखिएको जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।