स्व.रोशना प्रति कांग्रेस धनकुटाद्धारा श्रद्धाञ्जली अर्पण
धनकुटा । नेपाली कांग्रेस धनकुटाले धनकुटा नगरपालिका वडा नं ५ निवासी समाजसेवी वीरवहादुर आठपहरीयाका धर्मपत्नी,कांग्रेस धनकुटको प्रदेश महाधिवेशन प्रतिनीधि दिनेश आठपहरिया राई,तरुण डिफेन्स फोर्स धनकुटा नगरका संयोजक रत्नेश आठपहरिया राई र रत्ना राईकी आमा स्व.रोशना राई प्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
हालै निधन हुनुभएकी स्व रोशनाप्रति नेपाली कांग्रेसका पूर्व आमन्त्रित सदस्य तथा संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ,नेपाली कांग्रेसका यूवा नेता तथा विराटनगर महानगरपालिकाका मेयर नागेश कोईराला,जिल्ला सचिव विजय सन्तोषी राई,नेपाल टे«ड युनियन कांग्रेसका प्रदेश उपाध्यक्ष डिक घिमिरे,नेपाल प्रेस युनियनका प्रदेश अध्यक्ष मिन कुमार नबोदित,सागुरीगढी गाउपालिका अध्यक्ष तथा नेपाली कांग्रेस धनकुटाका क्षेत्रिय सभापति जितेन्द्र राई, नेपाली कांग्रेस धनकुटाका महाधिवेशन प्रतिनिधिहरु प्रकाश राई, हर्क चेम्जोग, जिल्ला सदस्यह देवेन्द्र श्रेष्ठ,रमशे वस्नेत,वडा नं ५ का वडा सभापति तथा वडाध्यक्ष धन कुमार राई,उपसभापति गोविन्द राई,जेष्ठ सदस्य भोलानाथ घिमिरे,भवानी पाडैल,सञ्चमान राई लगायतले स्व रोशना राई प्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा सवमेदना प्रकट गरे ।
जिल्ला,क्षेत्र,नगर र वडा समितिको तर्फबाट नेताहरुले परिवारजनमा समवेदना पत्र प्रदान गरेका थिए । त्यसैगरी नेपाल निर्माण व्यावसायी संघ धनकुटाका तर्फबाट समेत स्व रोशनाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । नेपाल निर्माण व्यवासायी संघ धनकुटाको तर्फबाट अध्यक्ष प्रकाश थुलुङ,वरिष्ठ उपाध्यक्ष यज्ञ राई,कोषाध्यक्ष रमेश वस्नेत,सदस्य सञ्चमान लिम्बु, कार्यालय सचिव भवानी पौडेलले समेत श्रद्धाञ्जली अर्पण गर्दै समवेदना पत्र प्रदान गगरेक थिए ।
रोशनाको ६० बर्षको उमेरमा उपचारको क्रममा हालै मात्र निधन भएको नेपाली कांग्रेस धनकुटा नगरपालिका वडा नं ५ का उपसभापती गोविन्द राईले वताउनु भयो ।


