चञ्चलादेवी बहुउद्देशीय दुग्ध उत्पादक सहकारी संस्थाका कृषकलाई अनुदान

धनकुटा । धनकुटा १ हिले स्थितको चञ्चलादेवी बहुउद्देशीय दुग्ध उत्पादक सहकारी संस्थाका कृषकलाई अनुदान वितरण गरिएको छ ।

प्रदेश सरकार तथा जिल्ला भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाको सहयोगमा सहकारीमा सम्वद्ध २ सय ८१ जना दुग्ध उत्पादक किसानलाई ५ लाख ६१ हजार ७ सय ३८ रुपयाँ अनुदान वितरण गरिएको हो ।

सहकारीमा सम्वद्ध भई २०७९ सालको श्रावण महिनादेखी पौष मसान्तसम्म सबैभन्दा बढी दुध संकलन गर्ने आधारमा किसानको नाम छनौट गरि सोही अनुसार अनुदान वितरण गरिएको हो । जसअनुसार उल्लेखित मितिमा सबैभन्दा बढी दुध संकलन गर्ने धनीमाया तामाङले ४ हजार ६ सय ४५ लिटर दुध संकलन गरि ९ हजार २ सय ९० रुपयाँ अनुदान पाउनु भएको छ । त्यस्तै गजेन्द्र कार्कीले ४ हजार ५ सय ८९ लिटर दुध संकलन गर्दै ९ हजार ९ सय ७९ रुपयाँ अनुदान पाउनुभएको छ भने ईन्द्र वहादुर बुढाथोकीले ४ हजार २ सय १ लिटर दुध संकलन गरि ८ हजार ४ सय २ रुपयाँ अनुदान पाउनुभएको छ ।

अनुदान वितरण कार्यक्रमको उद्घाटन प्रमुख अतिथी धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ र जिल्ला भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाका प्रमुख लोकनाथ ढुंगानाले संयुक्त रुपमा गरेका थिए । अनुदान रकम धनकुटा नगरपालिकाका प्रमुख तामाङ सहित कार्यक्रमका अतिथीहरुले किसानहरुलाई प्रदान गरेका थिए ।

कार्यक्रम संस्थाका अध्यक्ष नगेन्द्र पाण्डेको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन व्यवस्थापक भिम मल्लले गर्र्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।