नेपाल आदिवासी जनजाति महासंघ धनकुटा नगर समन्वय परिषदको आयोजनामा उद्घोषण तालिम सम्पन्न
धनकुटा । नेपाल आदिवासी जनजाति महासंघ धनकुटा नगर समन्वय परिषदको आयोजनामा उद्घोषण तालिम सम्पन्न भएको छ ।
धनकुटा नगरपालिकाको सहयोगमा जेठ १ गतेदेखि सञ्चालन गरेको उदघोषण तालिम उपप्रमुख भिमा खनालको प्रमुख आतिथ्यमा शुक्रबार एक कार्यक्रमका बिच समापन गरिएको छ ।
तालिममा नगरभित्र बसोबास गर्ने विभिन्न एकल जातीय संस्थाबाट ७० जना भन्दा बढीको सहभागीता रहेको आयोजकले जनाएको छ । तालिमको फोनिज प्रदेश अध्यक्ष सन्तविर लामा , फोनिज केन्द्रीय सदस्य विदुर खवासले सहजिकरण गरेका थिए ।
समापन कार्यक्रममा नगर उपप्रमुख खनाल , आठपहरिया समाजका केन्द्रीय अध्यक्ष सरकुमारी आठपहरीया , परिषदका निवर्तमान अध्यक्ष रविन खड्गी , फोनिज उपाध्यक्ष मालाती मोक्तान लगायले तालिममा सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेका थिए । तालिम आदिवासीजनजाति महासंघ नगर परिषद अध्यक्ष दालामु सेर्पाको अध्यक्षतामा सञ्चालन भएको थियोे भने स्वागत मन्तव्य परिषद उपाध्यक्ष ईन्द्र लुङगेलिले राखेका थिए ।
आदिवासीजनजाति नगर परिषद्ले यश अघि नगरको वडा नं ९ छिम्सुवा बेलहरा बेसिमा बसोबास गर्ने माझी बस्तीमा पुगेर माझी समुदायको क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेका थिए ।


