धनकुटामा खानेपानी उपलब्धताको माग गर्दे र्याली
धनकुटा,९ जेठ । उपभोक्ता हित संरक्षण मञ्च नेपाल जिल्ला समिती धनकुटाले खानेपानी उपलब्धताका लागि उपभोक्ता ¥याली सहित खानेपानी उपभोक्ता समिती धनकुटा लाई ध्यानाकर्षण गराएको छ ।
धनकुटा नगरपालिका अन्र्तगत खानेपानी उपभोक्ता समिती मार्फत वितरण भइ रहेको खानेपानी वितरण प्रणाली व्यावस्थीत हुन नसकेको १२ दिन सम्म धारामा पानी नआएको, जनता काकाकुल भएर बस्नु पर्ने अवस्था सिर्जना भएकोले खाने पानी वितरण प्रणली लाई प्रभावकारी बनाउँन माग गर्दे उपभोक्ता हित संरक्षण मञ्च नेपाल धनकुटा तथा धनकुटा नगरवासी खानेपानी उपभोक्ताहरुको तर्फ बाट जोडदार माग गर्दै ध्यानाकर्षण गराएको उपभोक्ता हित संरक्षण मञ्च नेपाल जिल्ला समिती धनकुटाका अध्यक्ष केदार दाहाल लगायतद्धरा हस्ताक्षरित ध्यानकर्षण पत्रमा भनिएको छ ।



तस्बिरहरु : केदार दाहालको फेसबुक बाट


