धनकुटामा लम्पी स्कीनको प्रकोप बढ्दो

धनकुटा । धनकुटामा लम्पी स्कीनको प्रकोप बढ्दो छ । जिल्लाका अधिकाशं कृषकले पालेका गाइ गोरुमा यो रोगको प्रकोप देखिन थालेको छ । न रोग नियन्त्रण हुन्छ । न कुनै औसधिनै छ । त्यसैले त धनकुटाका कृषक चिन्तित बनेका छन् ।

धनकुटामा लम्पी स्कीनको प्रकोप सुरु भएको करिब एक महिना भएको छ । एक महिना अघिवाट देखापरेको यो रोगवाट अहिले धनकुटा जिल्लामा करीब २० हजार बढी गाईगोरु संक्रमित भएका छन् ।

त्यस्तै एक सय भन्दा बढी गाईगोरुको मृत्यु भएको भेटेरीनरी अस्पताल तथा पशुसेवा बिज्ञकेन्द्र धनकुटाले जनाएको छ । रोगले प्रकोपकै रुप लिएपछि कृषकहरु चिन्तीत बनेका छन् । अघिल्ला बर्षहरुमा खोरेत लगायतका केहि रोगको मात्र देखिने गरेको तर तिनिहरुको उपचार पछि निको हुने भएपनि यो बर्ष देखिएको यो रोग फरक र जटिल छ ।

सुरुमा ज्वरो आउने बिस्तारै ह्याकुलो खुट्टा सुन्नीएर बस्न नसक्ने, जिउमा डाबर आउने छाला अररीने र बिस्तारै छाला फुटेर घाउ हुने तथा थला पर्ने राम्रो उपचार र स्याहार नपाएमा मृत्यु सम्म हुने प्राबिधिकहरुको भनाइ छ ।

सात स्थानिय तह मध्ये सबै भन्दा बढि शहिदभुमी गाँउपालिका र महालक्ष्मी नगरपालिकाको यसको प्रकोप फैलिएको छ । चौबिसे गाँउपालिकामा भने तुलनात्मकरुपमा यसको प्रकोप कम रहेको छ । यो रोग लागि सकेपछि यसको उपचार नभएकाले रागनै लाग्न नदिनु उत्तम बिकल्प रहेको प्राबिधिकको सल्लाह छ ।

पशु ओसारपसार नगर्ने, चरणमा नलैजाने, लामखुटे झिगा नियन्त्रण गरे रोग कम सर्ने प्राबिधिक राजकुमार राई बताउनु हुन्छ । त्यस्तै लागि हालेमा जे लक्षण देखिन्छ त्यसैको उपचार गर्ने, ताता कुरा खुवाउने स्याहार बढि गर्नुपर्ने उहाँको भनाई छ ।

यो रोग लामखुटे, झिगा, किर्ना आदिवाट एक बाट अर्कोमा सर्ने गरेको छ । स्थानिय जातका गाइ बस्तुमा भन्दा आयातीत जातका गाइ गोरुमा यो रोगको समस्या बढि समय सम्म रहने गरेको पशु प्राबिधिकहरुको अनुभब छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖