मातृभूमिका लागि केही गरौँ भन्ने अभियानमा छु : डा शेष घले

लिस्बन, १० जेठ (रासस) : गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक डा शेष घलेले आफू सधैँ ‘मातृभूमिका लागि केही गरौँ’ भन्ने अभियानमा लागि रहेको बताउनुभएको छ ।

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलद्वारा सोमबार राजधानी लिस्बनमा आयोजित ‘सहमति, सहकार्य, एकता र आधिकारीकता’ विषयक अन्तरक्रिया कार्यक्रममा पूर्वअध्यक्ष घलेले आफू एनआरएन अभियानमा क्रियाशील रहेको बताउँदै सङ्घको विवादलाई छाडेर सकारात्मक भावनाका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

सङ्घमा आबद्ध भएदेखि नै आफू सङ्घको संस्थागत हितमा लागेको उल्लेख गर्दै उहाँले सङ्घसंस्थाको उद्देश्य समाज सेवा र सामाजिक कार्य भएकाले जुनसुकै माध्यमबाट पनि समाज सेवा र सामाजिक कार्य गर्न सकिने बताउनुभयो ।

सङ्घको विवादतर्फ आफू जान नचाहेको स्पष्ट पार्दै उहाँले आफूलाई दिएको जिम्मेवारी निश्पक्ष ढङ्गले पूरा गरेको उल्लेख गर्नुभयो । घलले भन्नुभयो, “कानुनी परामर्श गरेरै महाधिवेशन सम्पन्न गरेको हो । त्यसबेला परराष्ट्र मन्त्रालयबाटै नगर्नु भन्ने परिपत्र आएको भए मैले रोक्नुपथ्र्यो तर परराष्ट्रबाट त्यस्तो केही आएको थिएन ।”

नयाँ पूस्तालाई समेट्दै सङ्घलाई समयानुकुल परिमार्जन गर्नुपर्छ भन्ने सोँच र परिकल्पनाका साथ ‘भिजन २०२० एण्ड वियोण्ड’ कार्यक्रम ल्याएको स्मरण गर्दै उहाँले सङ्घमा विवादको अन्त्य होस् भनेरै विधान संशोधन गरेर विवादरहित संस्थाको परिकल्पना गरिएको बताउनुभयो । पूर्वअध्यक्ष घलेले विदेशमा रहेका नेपाली समुदायको सञ्जालका रुपमा संयुक्त राष्ट्र सङ्घको मोडेलमा एउटा सञ्जाल सञ्चालन गर्न सकिने धारणा राख्नुभएको थियो ।

जलवायु परिवर्तन, नवीकरणीय ऊर्जा र ग्रीन हाईड्रोजनमा विश्वको ध्यान केन्द्रीत भइरहेको भन्दै उहाँले यस्ता महत्वपूर्ण विषयमा नेपालको ध्यान जान नसकेकाले सबै मिलेर सरकारलाई झक्झकाउनुपर्नेमा जोड दिनुभयो । घलले विश्व बैंङ्क तथा विदेशी नियोगका अधिकारीको सहभागीतामा नेपालमा हाईड्रोजन सम्मलेन सम्पन्न गरी सोही क्षेत्रमा आफूले काम गरिरहेको जानकारी दिनुभयो ।

सङ्घका केन्द्रीय उपाध्यक्ष थर्क सेनले सङ्घको एकताका लागि सहमतिका बुँदा तय गरिएको भन्दै एक भएर अगाडि बढौँ भन्ने भावनाका साथ आफूहरू लागि परेको बताउनुभयो । सङ्घका निवर्तमान उपाध्यक्ष सोनाम लामाले संस्थागत स्वार्थभन्दा व्यक्तिगत स्वार्थ हाबी हुँदा सङ्घ विभाजनमा पुगेको उल्लेख गर्नुभयो । सङ्घका युरोप सल्लाहकार विश्वास दीप तिगेला र युरोप संयोजक उल्का घिमिरेले सङ्घको एकताका लागि पहल भइरहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ पोर्चुगलका पूर्वअध्यक्ष रमेशकुमार गुरुङ, पूर्वआईसिसी सदस्य धनराज शेर्पा, पूर्वआईसीसी सदस्य नारायणकाजी मगर, प्रवासी नेपाली मञ्चका अध्यक्ष राजाराम लामिछाने, नेपाली जनसम्पर्क समितिका सुनिल ढुङ्गाना, नेपाली जनप्रगतिशील मोर्चाका महासचिव प्रदिप अधिकारी, नेपाली महिला समाजकी अध्यक्ष माया खरेल, ताामाङ समाजका सुजन लामा, पत्रकार योगेन्द्रमिलन छन्त्याल, शान्ति अर्याललगायतले पोर्चुगलमा रहेका नेपालीको अवस्था र उनीहरुले झेल्नुपरेका समस्याका विषयमा भनाइ राख्नुभएको थियो ।

कार्यक्रममा सहभागीले पोर्चुगलमा देखापरेका समस्याप्रति यहाँ क्रियाशील सङ्घसंस्था र सरोकारवाला निकाय गम्भीर हुनुपर्नेमा जोड दिँदै दूतावास स्थापनाका लागि पहल गर्नुपर्ने बताउनुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।