अन्य निकाय बाट सहयोग नभए पछि लम्पी स्किन रोगको रोकथामका लागि एक्लै काम गर्दै छथर जोरपाटी गाउँपालिका
धनकुटा, ११ जेठ । गाई गोरुमा लम्पी स्किन रोगले महामारीको रुप लिए पछि धनकुटाको छथर जोरपाटी गाउँपालिकाले गाउँपालिकामा घुम्ती स्वाथ्य शिविर सुरु गरेका छ ।
पछिल्लो समय गाउँपालिका भीत्रका सबै वडाको तल्लो क्षेत्रमा यो रोग व्यापक रुपमा देखिएकोले घुम्ती शिविर आयोजना गरि लम्पी स्किन रोगको उपचार रोकथाम तथा जनचेतना फैलाउने काम भई रहेको छथर जोरपाटी गाउँपालिका पशुपन्छी विकास शाखा प्रमुख राजकुमार राईले जानकारी दिनु भयो । लम्पी स्किनको उपचार यहि भनेर पता नलागेको पशुहरुमा देखिएको लक्षणका आधारमा उपचार भई रहेको र त्यसका लागि पालिकाले औषधी खरिद गरि उपचार गरि रहेको भए पनि बजारमा समेत औषधी अभाव भएकोले उपचारमा कठिनाई भइ रहेको राईले बताउँनु भयो ।
रोग लागे पछि पशुहरुमा जिउँमा फोका आउने, उच्च ज्वरो आउने, आँखा बाट कचेर आउने, दानापानी खान रुची नदेखाउने लगायतका लक्षण देखिने गरेको र रोग लागेको पशुको मृत्यू हुने दर ७ प्रतिशत सम्म रहने पशु चिकित्सकहरुको भनाई रहको छ । छथर जोरपाटीमा मात्र यो रोगका कारण १९ पशु चौपाय मरेका छन् भने करिब ५ हजारको हाराहारीमा बिरामी रहेको गाउँपालिकाको पशुपन्छी विकास शाखाले जनाएको छ ।
महामारीकै रुपमा रोग फैलिएको भए पनि अन्य निकाय भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, प्रदेश सरकार, संघिय सरकार बाट कुनै किसिमको सहयोग प्राप्त नभएको गाउँपालिका अध्यक्ष र पालिकाको एकल प्रयासमा १८ सय पशु चौपाय रोगप्रतिरोधात्मक क्षमताको खोप लगाइएको र अहिले पनि पालिका स्रोत जुटाएर पालिकाको तर्फ बाट लम्पी स्किन रोगथामकाका लागि सक्दो प्रयास भइ रहेको गाउँपालिका अध्यक्ष छत्र बहादुर सुब्बाले जानकारी दिनु भयो ।


