सहिदभूमिमा तीन दिने एकिकृत पाठ्यक्रम तथा विद्यार्थी मुल्याङ्कन सम्बन्धि तालिम सुरु

धनकुटा । शैक्षिक सुधार तथा विद्यालय व्यवस्थापनका लागि सहिदभुमि गाँउपालिका धनकुटाले विभिन्न तालिम तथा कार्यशालालाई अगाडि बढाइरहेको छ ।

गाँउपालिकाको सभाहलमा आजदेखि गाउपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाकाको आयोजनामा ३ दिने एकिकृत पाठ्यक्रम तथा विद्यार्थी मुल्याङ्कन सम्बन्धि तालिम सुरुभएको छ ।

गाँउपालिका अध्यक्ष मनोज राईको अध्यक्षतामा सुरुभएको तालिमा मावि ,निमावि र प्राविका गरी जम्मा ३५ जना प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागिता छ । तालिममा पाठ्यक्रम प्रारुप २०७६ परिवर्तन भएर आएको व्यवस्थामा भएको कुराहरु प्रशिक्षक योगेन्द्र चापागाईले सहजिकरण गरिरहनु भएको छ ।

यस अघि गाँउपलिकाको तल्लो भेगका लागि वडा नं १ मा रहेको आर्दश मावि सफाइ धापमा २० जना शिक्षकहरुलाई ३ दिन सम्म एकिकृत पाठ्यक्रम तथा विद्यार्थि मुल्याङ्कन सम्बन्धि तालिम प्रदान गरिएको गाउपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका सहायक प्राबिधिक बद्रि कार्कीले जानकारी दिनुभएको छ ।

त्यस्तै गरी गाँउपालिकाले शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा विद्यालय लेखा प्रणालि (कबक) ५ दिने अनलाईन वेश तालिम सम्पन गरेको छ । तालिममा मावि,निमाविका प्रधानाध्यापक र लेखा सम्बन्धि कर्मचारी गरी २४ जनाको सहभागिता रहेको शाखाका सहायक प्राबिधिक कार्कीले बताउनु भयो ।

तालिममा विद्यालयमा अनलाईन बाट कसरी लेखा सम्बन्धि अपडेट राख्ने र लेखा व्यवस्थापन लगायत विषयमा कोषनियन्त्रक कार्यलय धनकुटाका प्रमुख धुव्र कार्की र पालिकाको लेखा अधिकृत नितेश कुमार यादवले प्रशिक्षण दिनु भएको शिक्षा युवा तथा खेलकुद शाखाका सहायक प्राबिधिक कार्कीले जानकारी दिनुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।