पाख्रीबास ८ मा विभिन्न टोलका वासिन्दालाई लक्षित गरि वडाद्वारा कुटानी पिसानी मिल उपलब्ध
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं ८ का विभिन्न टोलका वासिन्दालाई लक्षित गरि वडाले कुटानी पिसानी मिल उपलब्ध गराएको छ ।
वडाको चोखानटाङ, चिउरिटाङ सहित नजिकका स्थानियको सेवालाई मध्य नजर गर्दै एक थान कुटानी पिसानी मिल वडाले उलव्ध गराएको हो । वडाको ५० हजार बजेट मार्फत वडावासीलाई मिल उपलब्ध गराईएको वडाध्यक्ष गणेश राईले वताउनुभयो । स्थानियको आवश्यक्ता र माग अनुसार वडाले मिल उपलब्ध गराएको उहाँले वताउनुभयो ।
यसअघि घण्टौ समय लाग्ने ठाउँमा धान,मकै कुट्न जानुपर्ने बाध्यता रहेको त्यहाँका स्थानियलाई वडाबाट कुटानी पिसानीका लागि मिल प्राप्त भएसँगै सहज हुने अपेक्षा गरिएको छ ।



