पाख्रीवास ८ मा चट्यांग पर्दा २५ वटा बाख्रा मरे
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ८ ढुंगेपानी घाममा चट्यांगले एक स्थानियको पशुचौपाया क्षति पुर्याएको छ ।
गएराती बाख्राको खोरमा झरेको चट्याङले त्यहाँका सुरेन्द्र गिरीको २५ वटा बाख्रा मरेको सोही स्थानका वडा सदस्य हेम गिरीलाई उधृत गर्दै ८ नं वडाध्यक्ष गणेश राईले जानकारी दिनुभयो ।
अहिले प्रहरी टोली घटना स्थल तर्फ गएको उहाँको भनाई छ । घटनाको विषयमा विस्तृत जानकारी पछि आउने जनाईएको छ ।


