प्रेस चौतारी नेपाल धनकुटाको साधारण सभा सम्पन्न
धनकुटा । प्रेस चौतारी नेपाल धनकुटाको साधारण सभाको अवसरमा आज दुई पत्रकारलाई सम्मान तथा पुरस्कृत गरिएको छ । सम्मानित तथा पुरस्कृत हुनेहरुमा सन्तोष सुवेदी र सन्तोष रुचाल रहेका छन् ।
उनिहरुलाई प्रेस चौतारी नेपाल धनकुटाका अध्यक्ष रविन कट्टेलको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यमा सञ्चालित साधारण सभाको वीच सम्मान तथा पुरस्कृत गरिएको हो ।
सुवेदीलाई ७ हजार ७ सय ७७ रुपयाँ सहित क्रियाशिल पत्रकारिता पुरस्करबाट पुरस्कृत गरिएको र रुचाललाई संगठनलाई पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।
साधारणसभामा प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष वस्नेत सहित नेकपा एमाले धनकुटाका प्रचार विभाग प्रमुख सावित्रा राई, प्रेस चौतारी नेपाल प्रदेश ईञ्चार्ज विक्रम लुँईटेल, नेपाल पत्रकार महासंघ प्रदेश उपाध्यक्ष तथा नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष हिमा चेम्जोङ, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई, फोनिज प्रदेश अध्यक्ष सन्तवीर लामा लगायतले शूभकामना मन्तव्य राखेका थिए । साधारणसभाको सञ्चालन सचिव भिम मल्लले गर्नुभएको थियो ।





