प्रेस चौतारी धनकुटाको साधारण सभाः रुचाललाई सम्मान, सुवेदीलाई पुरस्कार

धनकुटा । प्रेस चौतारी धनकुटाले अग्रज पत्रकारलाई सम्मान र क्रियाशील पत्रकारलाई पुरस्कृत गरेको छ । शनिवार वार्षिक साधारण सभाको अवसर पारेर अग्रज पत्रकार सन्तोष रुचाललाई सम्मान र क्रियाशील पत्रकार सन्तोष सुवेदीलाई पुरस्कृत गरिएको हो ।

सङ्गठनमा सक्रिय रहँदै पत्रकारिता क्षेत्रको विकासमा योगदान पुर्याएबापत पत्रकार रुचाललाई सम्मान र सङ्गठनमा रहेर सक्रिय पत्रकारिता गर्दै पेशागत र सांगठनिक हितमा योगदान गरेबापत पत्रकार सुवेदीलाई पुरस्कृत गरिएको प्रेस चौतारीका धनकुटा अध्यक्ष रविन कटेलले जानकारी दिए । सम्मानित रुचाल २२ वर्ष अघिदेखि पत्रकारिता क्षेत्रमा आवद्ध छन् । रेडियो मकालु र नयाँ पत्रिका दैनिकमा कार्यरत रुचाल प्रेस चौतारीका केन्द्रिय सदस्य तथा पूर्व जिल्ला अध्यक्षसमेत हुन् ।

यता, पत्रकार सुवेदीलाई नगद ७ हजार १ सय ११ नगदसहित ‘धनकुटा क्रियाशील पत्रकारिता पुरस्कार–२०८०’ बाट पुरस्कृत गरिएको हो । संगालोखबर अनलाइनमा कार्यरत सुवेदी विगत चार वर्षदेखि पत्रकारिता पेशामा सक्रिय छन् । प्रेस चौतारीका केन्द्रिय अध्यक्ष गणेश बस्नेत, केन्द्रिय उपाध्यक्ष गणेश पाण्डे, प्रदेश इन्चार्ज विक्रम लुइटेल, सहइन्चार्ज देवेन्द्र कार्की, केन्द्रिय सदस्य सन्तोष काफ्ले, प्रदेश अध्यक्ष अविजाल विष्ट, जिल्ला अध्यक्ष कटेल लगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरी रुचाललाई सम्मान र सुवेदीलाई पुरस्कृत गरे ।

प्रेस चौतारी सधै अग्रपङ्तिमा ः अध्यक्ष बस्नेत

कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस चौतारीका केन्द्रिय अध्यक्ष बस्नेतले पत्रकारको हकहित र पत्रकारिताको विकासका लागि प्रेस चौतारी सँधै अग्रपङ्तिमा रहने बताए । पत्रकार महासङ्घले जारी गरेको पत्रकार सदस्यता शुद्धिकरण मापदण्ड कडाइका साथ कार्यान्वयन गर्ने गरी अघि बढ्न चौतारी धनकुटा शाखालाई निर्देशन पनि दिए । प्रेस चौतारीका केन्द्रिय उपाध्यक्ष पाण्डेले पत्रकारिता क्षेत्रलाई व्यवस्थित बनाउँन महासङ्घभित्र सदस्यता शुद्धिकरणको खाँचो औँल्याए ।

कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख सावित्रा राई, प्रेस चौतारीका प्रदेश इन्चार्ज लुँइटेल, सहइन्चार्ज कार्की, केन्द्रिय सदस्य द्वय काफ्ले र रुचाल, प्रदेश अध्यक्ष विष्ट, पत्रकार महासङ्घका प्रदेश उपाध्यक्ष हिमा चेम्जोङ, जिल्ला अध्यक्ष नगेन्द्र राई, फोनिजका प्रदेश अध्यक्ष सन्तवीर लामा, राष्ट्रिय युवा संघका अध्यक्ष प्रविण पोख्रेल लगायतले साधारण सभा सफलताको शुभकामना दिए ।

सदस्यता शुद्धिकरणमा कडाई गर्ने निर्णय

यसैबीच, प्रेस चौतारीका सचिव भीम मल्लले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक र कोषाध्यक्ष रविन्द्र रनपएलीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन साधारण सभाले सर्वसम्मत पारित गरेको छ । साधारण सभाले पत्रकार महासङ्घको सदस्यता शुद्धिकरण मापदण्ड कडाइका साथ कार्यान्वयनमा जुट्ने निर्णय पनि गरेको प्रेस चौतारीका उपाध्यक्ष विश्वराज श्रेष्ठले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।