पहिचान पक्षधर र प्रहरी बिच भएको झडपमा किरात राई यायोख्खा धनकुटा शहिदभुमी गाउँपालिका उपसचिव भुमीराज राई घाईते ,यायोख्खा पाख्रीवासका उपाध्यक्ष अमृत राई प्रहरी नियन्त्रणमा
धनकुटा । पहिचान पक्षधर र प्रहरी बिच भएको झडपमा परि किरात राई यायोख्खा धनकुटा शहिदभुमी गाउँपालिका उपसचिव भुमीराज राई घाईते भएका छन् ।
आज दिउँसो विराटनगरमा भएको झडपमा राई घाईते भएका हुन् । उनको हाल विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको किरात राई यायोख्खा धनकुटाका अध्यक्ष उद्दवमणी राईले वताउनु भयो ।
प्रदर्शनको क्रममा किरात राई यायोख्खा पाख्रीवासका उपाध्यक्ष अमृत राई र शहिदभुमीका अर्चना राईलाई पनि प्रहरीले नियन्त्रणमा लिएको उहाँले वताउनुभयो ।


