रेशम चौधरीलाई जेल मुक्त गरेको बिरोधमा धनकुटामा चक्का जाम
धनकुटा,१५ जेठ । रेशम चौधरी लाई जेल मुक्त गरेको बिरोधमा धनकुटामा चक्का जाम गरिएको छ ।
नेकपा एमाले निकट अनेरास्ववियुले हत्या जस्तो अभियोग लागेका रेशम लाई आममाफी दिएको भन्दै जक्काजाम गरेको हो ।
अनेरास्ववियु धनकुटा बहुमुखी क्याम्पस गेट अगाडी जक्का जाम गर्दे नालायक प्रधानमन्त्री राजिनामा दे रामचन्द्र पौडेल चाहिदैन, हत्यारालाई छोड्न पाइदैन लगायतका नाराबाजी समेत गरेका थिए ।


