शिक्षालाई प्रबिधिमैत्री बनाउने
कबिराज घिमिरे,धनकुटा । शिक्षालाइ प्रबिधिमैत्री बनाउन धनकुटाको हिलेमा तिन दिने पावर प्वाइन्ट प्रिजेन्टेसन तथा शिक्षण रणनीति कार्यक्रम आयोजना गरिएको छ ।
हिले क्याम्पस धनकुटाको आयोजना तथा धनकुटा नगरपालिका र यूनिभर्सिटी ग्रान्ट कमिसनको सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा प्रबिधिलाइ कक्षाकोठामा जोड्न पावर प्वाइन्ट बनाउने, जुम चलाउने, एआइ टुल्सको बिषयमा जानकारी दिएको छ ।
त्यस्तै शिक्षाको दिगो बिकास लक्ष्य गुणस्तरीय शिक्षा, अनुसन्धानात्मक कक्षा संञ्चालनको बारेमा पनी एक आपासमा छलफल गरेको कार्यक्रम संयोजक तथा हिले बुहमुखी क्याम्पसका सहप्राध्यापक प्रदिप फुयालले जानकारी दिनुभयो ।
प्राध्यापक सिकाइ भन्दा पनि बिद्यार्थी केन्द्रित सिकाई लाइ जोड दिने, अनलाइन शिक्षालाइ ब्यबस्थीत र प्रभाबकारी ढङ्गवाट सञ्चालन गर्ने, पावरप्वाइन्ट गुगोल जिमेल र अन्य लेख रचनामा कम्प्युटर सफ्टबेयरको प्रयोग,परम्परागत शिक्षण सिकाइ बिधिलाइ सुधार गरि नबिनतम शिक्षण बिधिको उपयोग लगायतको बिषयलाइ कार्यक्रमले समेटेको उहाँले बताउनु भयो ।
कार्यक्रममा धनकुटा र तेह्थुमका बिभिन्न क्यापसका २९ प्राध्यपकहरुको उपस्थीतीरहेको थियो ।





