धनकुटामा संचारकर्मीका लागि ७ दिने फोटो तथा भिडियो सम्पादन तालिम सुरु

धनकुटा,१८ जेठ । धनकुटामा आज बाट संचारकर्मिहरुका लागी ७ दिने फोटो तथा भिडियो सम्पादन तालिम सुरु भएको छ । उद्यमी विकास तथा रोजगारी कार्यक्रम अन्र्तगत घरेलु तथा साना उद्योग कार्यलय धनकुटाको आयोजना तथा नेपाल फोटो पत्रकार महासंघ धनकुटाको आयोजनामा ७ दिने तालिम सुरु भएको हो ।

तालिम कार्यक्रमको उत्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमको प्रमुख अतिथी धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्गले एउटा फोटोले १ हजार शब्दको काम गर्ने बताउँदै तालिम बाट ज्ञान अझै परिस्कृत हुने अपेक्षा राखेको बताउँदै पत्रकारको क्षमता विकासका लागि स्थानिय सरकारको हैसेतमा आफूहरुले समेत सहयोग गर्ने बताउँदै पछिल्लो समय सामाजिक संजालमा चलाउँनेको संख्या बढे पनि विश्वसनिय स्रोत भने पत्रकार नै रहेको बताउँनु भयो ।

कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग कार्यलय धनकुटाका प्रमुख इश्वर थापाले रोजगारी सिर्जनामा मिडियाहरको समेत ठूलो योगदान रहेकोले आफूहरुले तालिम संचालन गरेको बताउँदै आगामी दिनमा समेत यस लाई निरन्तरता दिइने बताउँनु भयो । कार्यक्रमका प्रशिक्षक नेपाल फोटो पत्रकार महासंघका पूर्व केन्द्रय अध्यक्ष धुव्र आले, वर्तमान केन्द्रिय उपाध्यक्ष सागर श्रेष्ठ, लगायत पत्रकार संग सम्वन्धीत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपरिुथती रहेको थियो कार्यक्रमका स्वागत मन्तव्य नेपाल फोटो पत्रकार महासंघका धनकुटाका अध्यक्ष कविराज घिमिरेले राख्नु भएको थियो भने कार्यक्रमको संचालन घरेलु तथा साना उद्योग कार्यलय धनकुटाका विकास कार्किले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।