पाख्रिबास नगरपालिकामा सामुदायिक प्रहरी नगरपालिका समिति गठन
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा सामुदायिक प्रहरी नगरपालिका समिति गठन गरिएको छ ।
समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पाख्रीबास इलाका प्रहरी कार्यालयको आयोजनामा उक्त समिति गठन गरिएको हो ।
नगर प्रमुख ज्ञान बहादुर गुरुंगको संयोजकत्वमा २० सदस्यिय समिति गठन गरिएको हो ।
सह-संयोजकमा नगर उपप्रमुख नम्रता देउजा,सदस्य सचिवमा इप्रकाका इन्चार्ज बरिष्ठ प्रहरी नायब निरिक्षक प्रेम बहादुर राउत र सदस्यहरुमा विभिन्न क्षेत्रसंग आवद्द ब्यक्तिहरु भिम कुमार सापकोटा,प्रकाश निरौला,निर्मल रिमाल,रवि पौडेल, सन्तोष मानन्धर,केशब राई, कमला बस्नेत,डा. अंकित शर्मा,कमला पाण्डे,देबेन्द्र गुरागाई,प्रेम भण्डारी,दुर्गा राज निरौला,गणेश गुरुंग,मोहन राई,तोर्ण बहादुर खपांगी,हेमन्त निरौला र प्रकाश राई रहेका छन् ।







