नागरिकता विधेयक प्रमाणीकरण विरुद्ध धनकुटामा बिराेध प्रदर्शन
धनकुटा । नागरिकता विधेयक प्रमाणीकरण विरुद्ध धनकुटामा बिराेध प्रदर्शन गरिएको छ ।
राष्ट्रपति कार्यलयबाट प्रमाणीकरण भएको नागरिकता विधेयक विरुद्ध धनकुटामा नेकपा एमाले जिल्ला कमिटी धनकुटा जनसंगठन समन्वय संयन्त्र धनकुटाले विरोध प्रर्दशन गरेको हाे ।
नागरिकता विधेयक खारेजी र अखण्ड नेपालको पक्षमा बिराेध प्रदर्शन गरेको हाे ।उनिहरुले राष्ट्रघाती नागरिकता विधेयक खारेज गर ,मुर्ति राष्ट्रपति चाहिदैन देश बेच्न पाईदैन , चण्डाल विश्वासघाती प्रधानमन्त्री चाहिदैन , भारतिय नक्सामा नेपालीभू-भाग समेट्न पाईदैन ।
याे बेला नबाेल्ने गठबन्धन सरकार चाहिदैन जस्ता प्लेकार्ड बाेकेर र्यालिमा नारा लगाउदै धनकुटा बजारको विभिन्न भागेको परिक्रमा गरेर बिराेध जानाएका थिए । राष्ट्रपति रामचन्द्र पाैडेलले जेठ १७ गते नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको थियोे ।





