खडेरीका कारण धनकुटाका किसानले लगाएको बर्खे बाली नराम्रो संग प्रभावित
धनकुटा,२१ जेठ । लम्बीदो खडेरीका कारण धनकुटाका किसानले लगाएको बर्खे बाली नराम्रो संग प्रभावित भएको छ ।
आयआर्जन खाद्यन्नका लागि लगाइएको मकै, बदाम, तरकारी बाली तथा फलफुल बालीमा लम्बीदो खडेरीका कारण नराम्ररी प्रभावित भएको हो । खाद्यय वालि, तरकारी तथा फलफुलका लागि पानी चाहिने मुख्य सिजनमा बर्षा नहुदाँ सबै भन्दा बढी समस्या किसानहरुलाई भएको धनकुटा नगरपालिकाका कृषक राजकुमार राईले बताउनु भयो ।
आकासे पानीको भरमा रोपाई हुने खेतहरुमा समेत बर्षा नहुदाँ अहिले सम्म बाँझो जोत्ने लगायतका खनजोतका काम गर्न समस्या भयको छथर जोरपाटीका अर्को कृषक सुर्य बहादुर लिम्बुले बताउँनु भयो । केहि दिन यता बढेको गर्मीका कारण अन्य क्षेत्रको समेत जनजीवन प्रभावित बनेको छ ।


