मदन–आश्रितको अस्तु विसर्जन गरिएको स्थानमा उद्यान

भरतपुर, २२ जेठ (रासस) ः नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको अस्तु विसर्जन गरिएको ठाउँमा आकर्षक बाटिका निर्माण गरिएको छ । विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गा उहाँहरूको मृत्यु भएको थियो । नेताद्वयको मृत्युपश्चात् चितवनको माडी नगरपालिका–६ लक्ष्मी निवासमा अस्तु विसर्जन गरिएको थियो ।

तत्कालीन जनप्रतिनिधिले मदन–स्मृति वन बाटिका नामकरण गरेर २०५६ सालमा ‘भ्यू टावर’ निमार्ण अगाडि बढाएको बाटिकाका उपाध्यक्ष श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो । उहाँका अनुसार यस बाटिकामा रहेको समीको चौतारोमा मदन भण्डारी र जीवराज आश्रितको अस्तु विर्सजन गरिएको छ । सोही ठाउँ नजिक कम्युनिष्ट नेताद्वय पुष्पलाल श्रेष्ठ र मदन भण्डारीको स्मरणमा शालिकसमेत निर्माण गरियो र उद्यानको नाम समेत पुष्प–मदन स्मृति बाटिका राखियो । बाटिकामा अहिले भौतिक संरचना र सौन्दर्यकरणका काम भइरहेको जनाइएको छ ।

माडी ठोरी हुलाकी सडकअन्तर्गत जनकल्याण माविबाट करिब दुई किलोमिटर दक्षिणतर्फ लागेपछि लक्ष्मी निवाससँगै रेवा मध्यवर्ती सामुदायिक वनमा रहेको यस बाटिकामा पुग्न सकिन्छ । यहाँ फोटो खिच्ने र टिकटक बनाउनेसँगै वनभोज खान र घुमिफिर गरेर मनोरञ्जन लिन आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । बाटिकामा निर्माण गरिएको भ्यूटावरबाट माडी उपत्यकाका विभिन्न ठाउँ र भरतपुरको गोलाघाटसम्मका सुन्दर दृष्य देख्न सकिन्छ । वाटिकामा भ्यू टावर, बालउद्यान, एकतास्तम्भ, पुष्पलाल र भण्डारीको सालिक, वनभोज स्थल र सभाहल रहेको उपाध्यक्ष दवाडीले जानकारी दिनुभयो ।

“पार्कमा फोटो र टिकटक बनाउनका लागि आकर्षक संरचना निर्माण भइरहेको छ”, उहाँले भन्नुभयो, “यहाँ नेपालसँगै भारतबाट पनि पर्यटक आउने गरेका छन् ।” यहाँ पर्यटकका लागि निःशुल्क खेल मैदान, शौचालय, खानेपानीको सुविधा, व्यायाम गर्नसक्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो । “अब स्काइ चियर तथा पिङमा जहाज राख्ने योजना रहेको बताउँदै”, उपाध्यक्ष दवाडीले भन्नुभयो, “हामीले यो क्षेत्रलाई विकास गर्दा माडी पर्यटकीय हिसाबले निकै अगाडि बढ्छ र स्थानीयलाई रोजगार पनि प्रदान हुन्छ ।” अब स्काइ चियर तथा पिङमा जहाज राखेर दुई जनालाई रोजगार दिने तयारीमा छौँ ।”

माडी नगरपालिकाका प्रमुख ताराकाजीकुमारी महतोले दैनिक एक सय पर्यटक बाटिका घुम्न आउने गरेको बताउनुभयो । बिदाको दिनमा भने धेरैनै पर्यटक आउने बताउँदै उहाँले भन्नुभयो, “मदन–आश्रितको स्मृतिमा स्थापित बाटिकालाई थप व्यवस्थित बनाउँदै होम स्टेसँग जोडेर अगाडि बढाउने हाम्रो योजना छ ।”

विसं २०५६ मा बाटिका निर्माणको छलफल भएपछि स्थानीयले यहाँ होमस्टे सञ्चालनमा ल्याएका जनाइएको छ । उहाँले भन्नुभयो, “अहिले होमस्टे र बाटिकाको सम्बन्ध नङ र मासुको जस्तै भएको छ । होमस्टे आउने पर्यटक बाटिकामा घुम्छन् । बाटिकामा घुम्न आउने पर्यटक होमस्टेमा बस्छन् । यसको कारण माडी–६ को लक्ष्मी निवास निकै अगाडि छ ।” बाटिका निर्माणका लागि बागमती प्रदेश सरकारले झण्डै रु दुई करोड, सङ्घीय सरकारबाट रु १० लाख, प्रदेश वन मन्त्रालयअन्तर्गत पर्यटन विभागबाट २० लाख, माडी नगरपालिकाबाट गत वर्ष र यस वर्ष रु १०÷१० लाख बजेट विनियोजन भएको थियो । यस वर्ष पनि नगरपालिकाले बाटिकालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने नगरप्रमुख महतोले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।