२१ वर्षीया सदीक्षा तामाङको अन्त्येष्टीको लागि एनआरएनए यूकेद्धारा करिब १५ लाख संकलन

लन्डन । पढ्न यूके आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया सदीक्षा तामाङको अन्त्येष्टी र परिवारका लागि उल्लेख्य चन्दा संकलन भएको छ ।

एनआरएनए यूकेले सदीक्षाको परिवारबाट अन्त्येष्टीमा सघाउन अनुरोध भए लगत्तै चन्दा आव्हान गरेको थियो ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले सदीक्षाको मृत्यु भएको गत १० मे बाटै अभियान शुरु गरिएपछि स्वतस्फूर्त रुपमा १७८ व्यक्ति र ७ संस्थाले कुल ९,१४२.३६ पाउन्ड (करिब १५ लाख रुपैयां) प्रदान गरेका जनाए ।

तामाङ समाज यूकेले १६०९ पाउन्ड, गोर्खा नेपलिज वेलफेयर सोसाइटी यूकेले ११६२ पाउन्ड, ब्रिटिश गोर्खा एन्ड नेपलिज क्याट्रिक कम्युनिटीबाट ७१८. ९९, गोर्खा अभियन्ता पिटर गुरिङले ३१९ पाउन्ड, शिर्जनशील नेपाली समाज युके २२० पाउन्ड, छेत्री समाज यूकेले १०१, किरात सुनुवार वेलफेयर सोसाइटी यूकेले १०० पाउन्ड प्रदान गरेका छन् ।

पार्वती गुरुङ (माइला), माया गुरुङ (कान्छा), अर्चना गुरुङ र अन्यले २१ मेको विशेष महाधिवेशनमा २६५ पाउन्ड दिएका थिए ।

संकलित रकम परिवारलाई बेलायतमै सहयोग हस्तान्तरण गरिने पनि गाहामगरले बताए । अध्यक्ष गाहामगरले सहयोगदाता सबैप्रति आभार समेत व्यक्त गरेका छन् ।

सदीक्षाको शव नेपाल लगेर धार्मिक परम्परा अनुसार अन्त्येष्टी गर्ने परिवारको चाहना थियो । तर, उनमा भएको भाइरसका कारण अस्पतालले अन्तर्राष्ट्रिय उडानमा शव लैजान नमिल्ने बताएपछि अन्त्येष्टी बेलायतमै गर्न लागिएको छ । आउंदो ७ जुलाईमा अल्डरसट पार्क क्रिमेटोरिएममा फ्यूनरल सर्भिसको कार्यक्रम तय भएको हो ।

तामाङ सोसाइटी अफ यूकेका अध्यक्ष ज्ञान तामाङ र महासचिव मणी तामाङले अन्त्येष्टीमा संयोजन गरिरहेका छन् ।

निमोनिया भएपछि मिल्टन केन्स यूनिभर्सिटी हस्पिटलमा भर्ना भएको भोलिपल्ट नै सदीक्षाको गत १० मेमा निधन भएको थियो । सदिच्छा गत २६ डिसेम्बर २०२२ मा मात्र बेलायत आएकी थिइन् ।

ऋृण जोरजाम गरी खर्चेर पढ्न बेलायत आएकी सदीक्षाले अकालमै ज्यान गुमाउनु परेपछि न्यून आयस्तर भएको उनको परिवार थप प्रताडित छ ।

वि.सं. २०५८ साल चैत ३ मा दोलखामा जन्मिएकी सदीक्षाका बाबु कृष्णकुमार थोकर लामा गुरु र शैलुङ रिग्सुम गुम्बा सेवा समाजका महासचिव हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।