छथर जोरपाटी गाउँपालिका नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारीमा जुट्यो
धनकुटा,२४ जेठ । धनकुटाको छथर जोरपाटी गाउँपालिका आर्थिक बर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारीमा जुटेको छ । ६ वटा वडा रहेको यस गाउँपालिकाका जनप्रतिनिधी आगामी आर्थिक बर्षको निती तथा कार्यक्रम र बजेट तयारीमा जुटेका हुन् ।
वडाका जनप्र्रतिनिधीहरु लाई अहिले आ–आफ्नो क्षेत्रका गाउँ तथा टोलमा पुगेर आगामी बर्षको योजना तथा कार्यक्रमका बारेमा छलफल गरि सुझाव संकलन गर्न वडाको बजेट सिलिङ्ग सहित चालु आर्थिक बर्षका योजना तथा कार्यक्रमको सुझाव संकलन गर्न निर्देश गरि सकिएको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र बहादुर सुब्बाले जानकारी दिनु भयो ।
साथै उहाँले भन्नु भयो “ जनताका आवश्यकता मागको सम्बोधन हुने र समग्र गाउँपालिकाको विकास र समृद्धि लाई ध्यानमा राखि निती तथा कार्यक्रम र बजेट निर्माण गरिने छ यसका लागि हामीले तयारी थाली सकेका छौ ” यता वडा कार्यलयहरुले समेत टोल विकास समितीको भेला गरी वडामा संचालन गरिने कार्यक्रम लाई प्राथमिकताका आधारमा कार्यक्रम छनोट गर्ने काम सुरु गरि सकिएको छथरजोरपाटी गाउँपालिका वडा न ५ का वडा अध्यक्ष डिकबहादुर थोक्लेन लिम्बुले जानकारी दिनु भयो साथै उहाँले तोकिएको समयमै वडा बाट योजना तथा कार्यक्रम पठाइ सकिने समेत बताउँनु भयो ।


