धनकुटामा संचारकर्मीहरुका लागि संचालित ७ दिने फोटो तथा भिडियो सम्पादन सम्बन्धी तालिम सम्पन्न
धनकुटा २५ जेठ । धनकुटामा संचालित संचारकर्मीहरुका लागि ७ दिने फोटो तथा भिडियो सम्पादन सम्बन्धी तालिम सम्पन्न भएको छ ।
उद्यमी विकास तथा रोजगारी कार्यक्रम अन्र्तगत घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको आयोजना तथा नेपाल फोटो पत्रकार महासंघ धनकुटाको आयोजनामा ७ दिने तालिम सम्पन्न भएको हो । कार्यक्रमा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।
समापन कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग कार्यलय धनकुटाका प्रमुख इश्वर थापाले रोजगारी सिर्जनामा मिडियाहरको समेत ठूलो योगदान रहेकोले आफूहरुले तालिम संचालन गरेको बताउँदै आगामी दिनमा समेत यस लाई निरन्तरता दिइने बताउनु भयो ।
कार्यक्रममा स्वागत मन्तव्य फोटो पत्रकार महासंघ धनकुटाका अध्यक्ष कविराज घिमिरेले राख्नु भएको थियो भने प्रशिक्षार्थीको तर्फ बाट सन्तबीर लामाले भनाई राख्नु भएको थियो । कार्यक्रमको संचालन घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका विकास कार्कीले गर्नु भएको थियो ।




