धनकुटामा टाटा सुमो दुर्घटना, एकको अवस्था गम्भिर
धनकुटा । धनकुटा नगरपालिका ९ खुरिलामा आज गाडी दूर्घटना भएको छ ।
आज विहान भारतीय नम्बर प्लेट बिआर १० एच ४९१० नं टाटा सुमो दूर्घटना हुँदा ३ जना घाइते भएका छन्। घाईते हुनेमा धनकुटा नगरपालिका वडा नं ४ कि १९ वर्षीया प्रिस्किला तामाङ, मोरङको जहदा गाउँपालिका ३ का २३ वर्षका अजय मलाह र सोही स्थान वडा नं ४ का २४ बर्षिय सुरेश मुखिया रहेका छन् ।
उनिहरु मध्ये प्रिस्किलाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । अजय र सुरेशको हात पाखुरामा सामान्य चोट लागेको र उनिहरुको धनकुटा अस्पतालमा सामान्य उपचार गरिएको प्रहरीले बताएको छ। दूर्घटनाग्रस्त सुमो प्रहरीले नियन्त्रणमा लिएको छ । चालक फरार रहेकोले खोजि भईरहेको प्रहरीले जनाएको छ।


