गठबन्धनका कारण देशमा अराजकता र आर्थिक मन्दी–प्रदिप ज्ञवाली
नारायण कुमार राई/धनकुटा,२६ जेठ । नेकपा एमालेका महासचिव तथा स्कुलिङ्ग बिभाग प्रमुख प्रदिप ज्ञवालीले गठबन्धनका कारण देश अराजकतामा गएको आरोप लगाउनुभएको छ ।
नेकपा एमाले प्रशिक्षण बिभाग धनकुटाले आयोजना गरेको तीन दिने प्रशिक्षणका लागि आउनुभएका ज्ञवालीले यस्तो बताउनुभएको हो ।
प्रशिक्षणको उत्घाटन गर्दै उहाँले नेकपा एमालेको नेतृत्वमा बनेको देशभक्त र जनमुखी सरकार असंबैधानिक तरिकाले ढालेर गठबन्धनले देशमा अराजकता संगै नागरिकमा निरासा फैलाएको बताउनुभयो ।
यो अराजकताको शुरुवात गठबन्धनले संसदबाट निर्वाचित हुनुपर्ने ठाउँमा अदालतको परमादेशमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएसंगैसंगै शुरु भएको उहाँको भनाई थियो ।
‘गठबन्धन र गठबन्धनको सरकारले गर्नहुने÷नहुने सबै काम गरेकाले देश अराजकता तिर गयो’ज्ञवालीले भन्नुभयो ।
गठबन्धन र सरकारले भुटानी शणनार्थी प्रकरणमा गैरकानुनी साँठगाँठ, देशको बजेट निर्माणमा मनपरी गरेकाले देश अराजकता संगै आर्थिक संकटमा समेत फंसेको उहाँको भनाई थियो ।
‘देशका नागरिक तथा ब्यपारीहरु आर्थिक मन्दीले थप निरास छन्’ उहाँले भन्नुभयो ‘काडमाण्डौंका ३० प्रतिशत ब्यपारिक सटरहरु बन्दछन्’
उक्त अराजकता अहिले गठबन्धनले कोशी प्रदेशको नामाकरणमा एमाले नेताहरुलाई आक्रमण गर्ने हतियारका रुपमा प्रयोग गरिरहेको समेत उहाँको जिकिर थियो ।
यस्तो अबस्थामा खबरदारी गरेर अघि बढ्ने जिम्मेवारी नेकपा एमालेको काँधमा आई परेको उहाँको भनाई थियो ।
पाख्रिबास नगरपालिका धनकुटाको कृषि अनुसन्धानको तालिम केन्द्रमा २८ गते सम्म चल्ने उक्त प्रशिक्षणमा नेकपा एमाले कोशी प्रदेश अध्यक्ष तुलसी न्यौपाने,स्कुलिङ्ग बिभाग प्रमुख गुरु बराल लगाएत केन्द्रिय नेताहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको नेकपा एमाले धनकुटाका स्कुलिङ्ग बिभाग प्रमुखका अध्यक्ष मनोज राईले जानकारी दिनुभयो ।
प्रशिक्षण कार्यक्रममा नेकपा एमाले धनकुटा जिल्ला कमिटीबाट ३० जना र बिभिन्न जनवर्गीय संगठनहरुबाट १० जना गरी जम्मा ४० जनाको सहभागिता रहेको नेकपा एमाले जिल्ला कमिटी धनकुटाका अध्यक्ष ईन्द्रमणी पराजुलीले जानकारी दिनुभयो ।




