सुनसान र शान्त छ खुवालुङ(भिडियो सहित)

धनकुटा । अरुण सहित सप्तकोशीमा अन्य नदीहरु तमोर र दुधकोशी मिसिने स्थान त्रिबेणीमा नदीको बिचमा एउटा ढुङ्गो छ,जसलाई स्थानिय सहित किराती समुदायले खुवालुङ्ग भनेर चिन्ने गरेका छन् ।

२०७७ सालमा यो एकाएक चर्चामा आयो । चर्चामा आउने कारण थियो तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन ८ गते बिराटनगरमा भएको एक कार्यक्रममा सो ढुङ्गो फुटाएर जेटबोट चलाउने भनेर सार्बजानिक मञ्चबाटै दिएको भाषण । त्यसपछि एकाएक माहोल गर्मायो । स्थानिय स्तरमा मात्र नभइ देश बिदेश सम्म यसको बारेमा बहस हुन थाल्यो । दैनिक जसो खुवालुङ्ग क्षेत्रमा बिभिन्न जातिय संघसस्था पुगेर बिरोध गर्नथाले ।

त्यहि क्रममा अभियान्तहरुले खुवालुङ्ग पहिचान जोगाई धार्मिक पर्यटकिय गन्तब्य बनाउन माग गरे । त्यसको लागि सरकार संग बिभिन्न कार्यक्रमको माग गरे तर पछि सरकार खुवालुङ्ग फुटाउने योजनाबाट पछि हट्यो । त्यो संगै अहिले खुवालुङ्ग क्षेत्र सुनसान छ ।

त्यस यता भने न सरकार खुवालुङ्ग फुटाएर जेटबोट चलाउने योजनामा लागेको छ न अभियान्तहरुले आन्दोलनको क्रममा भनेको जस्तो खुवालुङ्गको पहिचान जोगाई धार्मिक पर्यटकिय गन्तब्य बनाउन जोड दिएका छन् । अहिले अभियान्तहरु खुवालुङ्ग पुग्नै छाडेको स्थानिय भानु राई बताउनु हुन्छ । पहिले आन्दोलनको कुरा सम्झदै उहा भन्नु हुन्छ पहिले त सयौको संख्यामा दैनिक अभियानता यहा आउनु हुन्थ्यो दैनिक कार्यक्रम हुन्थ्यो तर अहिले कोहि पानी आएको थाहा छैन यहा सुनसान छ ।

किराती भाषामा ‘खुवालुङ्ग’ शब्दको अर्थ पानीमा गाढिएको ढुङ्गो भन्ने बुझिन्छ तर सप्तकोशीमा तमोर नदी मिसिने स्थान त्रिबेणीमा रहेको खुवालुङ्गको अर्थ यतिमा मात्र सिमित नभइ खुवालुङ्गलाई किराँती समुदायले आफ्नो आस्थाको केन्द्र मान्दै आएका छन् ।

किराँत धर्मग्रन्थ ‘मुन्धुम’मा उल्लेख भए अनुसार किराँत समुदायले कुनै कार्य शुरू वा अन्त्य गर्दा खुवालुङको नाम उच्चारण गर्ने परम्परा छ । मुन्धुम अनुसार किराँतीको पुर्खा यहि खुवालुङलाई सिमाना मानेर विभिन्न क्षेत्रमा फैलिएको जनविश्वास समेत रहेको छ । त्यहि कारण किरात समुदायले यसलाई जोगाई धार्मिक पर्यटनको हर्ब बनाउन माग गरिएको जनजाती महासंघ धनकुटाका अध्यक्ष संजय सन्तोषी राई बताउनु हुन्छ ।

त्यसो त आन्दोलनको क्रममा बिभिन्न माग राखिए पनि सरकार पछि हटेसंगै धेरै कुराहरुको माग घटेको हुन सक्ने धनकुटा बहुमुखी क्याम्पसका सहप्राध्यापक इच्छापुर्ण राई बताउनु हुन्छ । तत्काल आन्दोलनकारीको माग बिभिन्न भएपनि मुख्यमाग खुवालुङ जोगाउने भएकाले त्यो पुरा भए संगै माग र आन्दोलन घटेर गएको हुन सक्ने उहाँको भनाई छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।