३ महिने ढाका बुनाई तालिम सम्पन्न

धनकुटा,२७ जेठ । धनकुटाको छथरजोरपाटी गाउँपालिकाको आयोजनामा संचालित ३ महिने ढाका बुनाई तालिम सम्पन्न भएको हो । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत गाउँपालिको वडा न ४ मा संचालित तालिम सम्पन्न भएको हो ।

शुक्रबार एक कार्यक्रमका बिच छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र बहादुर सुब्बाले तालिमको औपचारिक समापन गर्नु भएको हो । तालिम समापन कार्यक्रमा बोल्दै कार्यक्रमकी विशेष अतिथी गाउँपालिका अपाध्यक्ष गिता गुरुङ्ग खेवाले प्रशिक्षार्थीहरु लाई तालिममा सिकेका कुरा लाई व्यावहारमा उर्तान आग्रह गर्नु भयो ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथी छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र बहादुर सुब्बाले तालिममा सिकेका सिपको सदुपयोग गर्दै आर्थिक उपार्जन को बाटोमा लाग्न आग्रह गर्दै उत्पादित बस्तुको बजार व्यावस्थापनमा गाउँपालिकाले सहयोग गर्ने अन्य चरणका तालिम समेत प्रदान गर्न गाउँपालिका लाग्ने प्रतिवद्धता जनाउँनु भयो ।

तालिम समापन कार्यक्रमका छथर जोरपाटी गाउँपालिका वडा न ४ का वडा अध्यक्ष टेकबहादुर तामाङ्ग, छथर जोरपाटी गाउँपालिका प्रशासन शाखा प्रमुख नेत्र बहादुर श्रेष्ठ लगायतले सहभागिहरु लाई तालिमा सिकेको सिप लाई व्यावहारमा समेत सदुपयोग गर्न आग्रह गर्नु भयो ।

कार्यक्रमको स्वागत मन्तव्य छथर जोरपाटी गाउँपालिका वडा न ४ का वडा सचिव शंकर प्रसाद ओझाले राख्नु भएको थियो भने कार्यक्रमको संचालन छथर जोरपाटी गाउँपालिका उद्यम विकास सहजकार्ता अभिनव श्रेष्ठले गर्नु भएको थियो ।

सोहि अवसरमा प्रशिक्षाथीहरु लाई प्रमाण पत्र वितरण तथा ढाका बुनाइका लागि चाहिने आवश्यक सामग्री समेत हस्तान्तरण गरिएको थियो । तालिममा १४ जना सहभागि रहेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।