उधमशीलता तालिमको समापन

धनकुटाखबर संवाददाता /धनकुटा १, हिले । घरेलु कार्यालय धनकुटाले श्री स्वच्छसेवा महिला लघुउधमी सहकारी संस्थामा आवद्ध सदस्यहरुलाई ७ दिने गुन्द्रुक, मस्यौरा, किनिमा र अचार बनाउने तालिमको आज एक समारोहको आयोजना गरि कार्यक्रम सम्पन्न भएको छ ।

समापन समारोहका प्रमुख अतिथि धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङले सम्बोधन गर्दै यस तालिमले महिलाहरुको आय आर्जनमा बृद्धि हुने कुरामा जोड दिनुभयो । नगरपालिकाले पनि धरै यसप्रकारका तालिम संचालन गरेको भएता पनि खासै प्रभावकारी नभएकोले यस कार्यक्रममा सहभागी महिलाहरुले तालिमलाई उद्धेश्यमुलक बनाउन आजैबाट उधमशीलताका लागि कार्य गर्न आग्रह गर्दै साथ सहयोग दिने बचनबद्धता समेत ब्यक्त गर्नुभयो । नगरपालिकाले कोसेली घर निर्माणका लागि समेत सहयोग गर्ने कार्य गरिरहेको बताउनु भयो ।

नगरपालिका आफैले वा जिल्ला घरेलु कार्यालय वा अन्य निकायहरु संगको साझेदारीमा समेत कार्यव्रmमहरु गरि महिलाहरुको सीप बिकास, क्षमता बिकासमा सहयोग गर्ने प्रतिबद्धता समेत उहाँले ब्यक्त गर्नुभयो ।

यसैगरि कार्यक्रममा अतिथिको रुपमा रहनुभएका कृषि पर्यटन अभियन्ता जीवनप्रसाद राईले तालिममा प्राप्त सीपलाई तत्कालै उपयोग गर्न बजार ब्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । सल्भ नेपालका सचिव ज्योति प्रधानले खाद्यबस्तु बनाउँदा बिशेष गरेर सरसफाई, लेबलिङ, प्याकेजिङ र ब्राण्डिङ लगायतका बिषयहरुको महत्व रहने कुरा ब्यक्त गर्नुभयो ।

कार्यक्रमको अध्यक्ष तथा घरेलु कार्यालय धनकुटाका प्रमुख इश्वर थापाले तालिम राम्रो संगले संचालन भएको र यसबाट महिला उधमशीलताको बिकासमा योगदान पुगेको बिश्वास ब्यक्त गर्नुभयो । यस तालिम पश्चात आगामी दिनमा थप क्षमता बृद्धि हुने तथा एडभान्स खालका तालिमहरु आवश्यक पर्ने र सोको लागि समेत जिल्ला घरेलु कार्यालय सदैव तयार हुने प्रतिबद्धता ब्यक्त गर्नुभयो । तालिमको उपदेयताका लागि समय समयमा अनुगमन समेत गरिने उहाँले भन्नुभयो ।

तालिमको प्रमुख प्रशिक्षकको रुपमा रेणु श्रेष्ठ र सहायक प्रशिक्षकको रुपमा श्री अन्जु प्रधानले सहजीकरण गर्नुभएको यस तालिममा कार्यक्रममा छनौट भएका १५ जना महिला उधमीहरुले सहभागिता जनाएका थिए । सहभागीहरुको तर्फबाट रुकमिणी थापा पौडेलले बोल्दै अचारका लागि तालिमको समय अभाव भएको र हामीहरुलाई एक्स्पोजर टुर समेत पाए थप हौसाला बढ्ने र नयाँकुराहरु सिकेर उधमलाई बिकसित गर्ने थियौ । हामीले ५ देखि ७ जना सम्मको समुह बनाई कार्यको समेत थालनी गरिसकेको कुरा पनि उहाँले राख्नुभयो ।

अर्जुन गिरीको संचालनमा रहेको यो कार्यक्रममा घरेलु कार्यालय धनकुटाका सबै कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।